काठमाडाैं- क्रोएसियाका इभान पेरिसिचले युरोकप २०२० अन्तर्गत स्पेनविरुद्धको नकआउट चरणको खेल गुमाउने भएका छन्।
कोरोना पोजेटिभ देखिएपछि फरवार्ड पेरिसिचले अन्तिम १६ मा स्पेनविरुद्ध खेल गुमाउने भएका हुन्। क्रोएसियन फुटबल संघले पेरिसिचलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ।
युरोकप अन्तर्गत क्रोएसियाले सोमबार स्पेनसँग खेल्दैछ। क्रोएसिया टिम जुन २७ मा चार्टर फ्लाइटमा डेनमार्कको कोपनहेगन प्रस्थान गर्नेछ। जहाँ क्रोएसियाले स्पेनसँग खेल्नेछ।
३२ वर्षीय पेरिसिच अब १० दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने छ।
समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई ३-१ ले पराजित गर्दा पेरिसिचले पनि गोल गरेका थिए। क्रोएसियाका अरु सबै खेलाडी र अफिसियलको रिपोर्ट नेगेटिभ आएको क्रोएसियन फुटबल संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।