सुनसरी- सुनसरीको कोशी गाउँपालिका–८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायसले पिकअप भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।
आइतबार बिहान पौने ८ बजे पूर्वबाट पश्चिमतर्फ छुटेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरित दिशाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो।
दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी-५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडी सवार मोरङग विराटनगर-९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर-७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल इनरुवा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट विदुर नगरपालिका-१३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही स्थानका २५ वर्षीय नारायण बत्सयालको विराट नर्सिङहोममा उपचार भइरहेको छ। दुर्घटना भएका तीनवटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।