• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युराेकप : इटाली क्वाटरफाइनलमा, ८२ वर्ष पुरानो आफ्नै कीर्तिमान भंग

64x64
नेपाल लाइभ आइतबार, असार १३, २०७८  ०३:१९
1140x725

काठमाडाैं- अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै इटाली युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

इंग्ल्याण्डकाे वेम्बली स्टेडियममा शनिबार राति भएकाे प्रि-क्वाटरफाइनलमा इटाली र अष्ट्रियाले निर्धारित ९० मिनेटमा गाेल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएकाे थियाे।

जसमा इटाली भाग्यमानी सावित भयाे। अतिरिक्त समयमा इटालीले वैकल्पिक खेलाडीको मद्दतमा २- १ काे जित निकाल्याे। खेलको सुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड जमाएकाे थियाे। तर, अष्ट्रेलियाका डिफेन्डरकाे चुनाैति पन्छ्याउन नसक्दा खेलमा अग्रता लिन सकेको थिएन। 

दोस्रो हाफमा अष्ट्रियाले गोल गरेपनि भीएआरले मान्यता नदिँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो।

९५औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेडरिको चिइसाले अष्ट्रियाका डिफेन्डरलाई करिब ६ यार्डबाट बिट गर्दै प्रहार गरेकाे बल गाेलमा परिणत भएकाे थियाे।  उनी खेलको ८४औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमा मैदान प्रवेश गरेका थिए। उनकाे याे जारी प्रतियाेगितमा पहिलाे गाेल हाे। 

१०४औं मिनेटमा लोरेन्जो इन्सिग्नेले प्रहार गरेको फ्रिकिकलाई ब्याकमानले उत्कृष्ट डाइभ दिँदै विफल पारे। यस्तै, १०५औं मिनेटमा माटियो पेसीनाले इटालीकाे अग्रता दाेब्बर बनाए। उनले  पेनाल्टी क्षेत्रभित्र डिफेन्सले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए।

उनी ६७औं मिनेटमा निकोला बरेलाको स्थानमा मैदान प्रवेश गरेका थिए। उनकाे याे गाेल जारी प्रतियाेगितामा दाेस्राे हाे। यसअगाडी उनले समूह चरणमा वेल्सविरुद्ध गाेल गरेका थिए। 

१०६औं मिनेटमा डोनारुम्माले राम्रो बचाउ गर्दै इटालीको अग्रता जोगाए। उनले लुइस स्वाउबले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई आफ्नो बायाँतर्फ डाइभ दिँदै बचाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, खेलकाे ११४औं मिनेटमा अष्ट्रेलियाका सासा कालाजजिकले सान्त्वना गाेल गरे। लुइस स्वाउबको कर्नरमा वैकल्पिक फरवार्ड सासाले निअर पोस्टमा डाइभिङ हेडर गर्दै गोल गरे। यससँगै इटालीले लगातार ११ खेलमा गोल नखाएको कीर्तिमानमा पुर्णविराम लागेको छ।

त्यसअगाडी १७औं मिनेटमा निकोलो बारेल्लाको प्रहारलाई गोलरक्षक ड्यानीएल ब्याकमानले खुट्टाले बचाएका थिए।

त्यसको दुई मिनेटपछि नै बारेल्लाको प्रहारलाई डिफेन्डर हिन्टरेगरले छेक्दै गोलको खतरा टारे। ३२औं मिनेटमा इटालीका चिरो इम्मोबिलेले झन्डै २७ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक ब्याकमानलाई बिट गरेपनि पोस्टमा लाग्दै बाहिरिएको थियो।

३६औं मिनेटमा डेविड अलाबाको फ्रिकिक क्लियर गरेपछि आएको अवसरलाई इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले सहजै बचाएका थिए।

Xtrem

Xtrem

यस्तै,६५औं मिनेटमा अष्ट्रियाका मार्को अर्नाउटोभिचले गोल गरेका थिए। लाइनरको क्रसलाई अलाबाले हेडर गरेपछि फार पोस्टमा अर्नाउटोभिचले पोस्टको दिशा दिएका थिए। तर, भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर)ले अर्नाउटोभिचको अन्तिम टचलाई अफसाइड भन्दै गोलकाे मान्यता दिएन।

८२औं मिनेटमा स्पिनाजोलाको क्रसमा  पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा बेरार्डीको एक्रोब्याटिक प्रहारले दिशा लिन सकेन। 

यस खेलको विजेताले आइतबार हुने बेल्जियम र पोर्चुगलबीच खेलको विजेतासँग खेल्नेछ। उक्त क्वाटरफाइनल खेल २ जुलाईमा म्युनिखमा हुनेछ।

८२ वर्ष पुरानो आफ्नै कीर्तिमान भंग
इटली समूह ए को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। समूह चरणमा तीन खेल जित्ने तीन टिममध्ये एक रहेको इटली गोल नखाने एक्लो टिम हो।

इटलीले समूह चरणमा टर्की र स्वीट्जरल्याण्डलाई समान ३-० ले र वेल्सलाई १-० ले पराजित गरेको थियो।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको इटलीले अष्ट्रियाविरुद्ध खेल्दा ३१ खेलमा अपराजित रहने कीर्तिमान बनाएकाे छ। वेल्सलाई हराएपछि इटलीले सन् १९३५ देखि १९३९ सम्मको ३० खेलमा अपराजित रहेको आफ्नै कीर्तिमानसँग बराबरी गरेको थियो। अष्ट्रियाविरुद्ध जित हात पारेसँगै इटलीले आफ्नै कीर्तिमान भंग गरेकाे हाे।

इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो। त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए। उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्णपदकसमेत जितेको थियो।

इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जाममा २ खेल हारेको छ। पछिल्लोपटक टोलले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो। त्यसयता टोलीले ३० खेल जितेको छ। यस्तै पछिल्लो ११ खेलमा टोलीले गोलपनि खाएन।

यस्तै, इटाली हालसम्म ३४ गाेल गरेकाे छ। अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेलमा अपराजित रहने कीर्तिमान ब्राजिल र स्पेनको नाममा छ। दुवै टिम लगातार ३५ खेलमा अपराजित रहेका थिए।

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ०३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम शुक्रबार, असोज १६, २०८३
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम शुक्रबार, असोज १६, २०८३
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय शुक्रबार, असोज १६, २०८३
जर्मनीको पहिलो जित शुक्रबार, असोज १६, २०८३
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्