काठमाडाैं- ब्राजिलियन लेफ्टब्याक मार्सेलो स्पेनिस क्लब रियल मड्रिडमै रहने भएका छन्। उनी आफ्नो सम्झौता अवधिसम्म रियलमै रहने भएका हुन्।
मार्सेलोको सम्झौता २०२२ जुनको अन्त्यसम्म रहेको छन्। सान्टियागो बर्नबेउमा मार्सेलोको प्रभावकारी सम्वन्ध रहेको छ। उनी नियमित रुपमा क्लबका निर्देशकहरुसँग नियमित सम्पर्कमै रहेका थिए।
यता, प्रशिक्षक कार्लाे एन्सेलोटीका कारण पनि उनी रियलमै रहने भएका हुन्। प्रशिक्षक एन्सेलोटीको प्रशिक्षणमा मार्सेलोले २०१४–१५ को सिजनमा ५३ खेलमा अवसर पाएका थिए। उनी अब टोलीका कप्तान समेत रहनेछन्।
यमित कप्तान सर्जियो रामोसले क्लब छाडेपछि उनले क्लबको कप्तानको जिम्मेवारी पाएका हुन्। यद्यपि, पछिल्लो समय चोट र कमजोर प्रदर्शनका कारण अहिले उनको स्थानमा फर्लान्ड मेन्डीसँगै क्यास्टिलाका मिगेल गुइटेरेज आएका छन्।
ब्राजिलियन रोबर्टाे कार्लाेसले १५ वर्षको रियल बसाई छाडेपछि मार्सेलो सन् २००६ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट रियलमा अनुबन्ध भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।