काठमाडौं– कोपा अमेरिका फुटबलको जारी संस्करमा उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार बिहान सम्पन्न खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। उरुग्वेका लागि एडिन्सन काभानीले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो।
खेलको ४०औं मिनेटमा कार्लोस लाम्पेको आत्मघाती गोलबाट अग्रता बनाएको उरुग्वेका लागि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै २–० को जित दिलाए।
यस जितसँगै ३ खेलमा ४ अंक जोडेको उरुग्वे समूह ’ए’ को चौंथो स्थानमा रहेको छ। बोलिभियाभने अंक विहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।