काठमाडौं– कोपा अमेरिकाअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा पेरु र इक्वेडर बराबरीमा रोकिएका छन्। ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह ’बी’ को खेलमा पेरु र इक्वेडरले २–२ गोलको बराबरी खेलेका हुन्।
पहिलाे हाफमै गरेको २ गोलको अग्रता जोगाउन नसक्दा इक्वेडर बराबरीमा रोकिएको हो। खेलको २३ औं मिनेटमा पेरुका खेलाडी रेनाटो टापिआको आत्मघाती गोलमा अग्रता बनाएको इक्वेडरले त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा अग्रता दोब्बर बनाएको थियो।इक्वेडरका ऐर्टोन प्रिसिआडोले गोल गर्दै खेल २–०को स्थितिमा पुर्याएको थिए।
दास्रो हाफको सुरुवातमै पेरुका लागि जिआनलुका लापडुलाले गोल गरे। खेलको ५४औं मिनेटमा आन्द्रे करिल्लोले गोल थप्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टिमले थप गोल गर्न सकेनन् र खेल २–२ को बराबरीमा रोकियो।
बराबरीसँगै तीन खेलबाट ४ अंक जोडेको पेरु तेस्रो तथा समान खेलबाट दुई अंक जोडेको इक्वेडर तालिकाको चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।