काठमाडाैं- राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका डिफेन्डर विकास खवासको घुँडाको चोटको शल्यक्रिया सफल भएको छ।
ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा बुधबार उनको शल्यक्रिया सफल भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो।
फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलका लागि कुवेतमा रहँदा विकासले चोट बोकेका थिए। जोर्डनविरुद्धको खेलका दौरान चिप्लिँदा उनको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) को चोट लागेको थियो।
चोटकै कारण उनले जोर्डन र अष्ट्रेलियाविरुद्धको खेल गुमाएका थिए।
‘बिहान करिब ११ बजेबाट झन्डै डेढ घन्टा शल्यक्रिया भएको थियो। पूरा ठिक भएर मैदान फर्किन करिब १ वर्ष लाग्छ भन्नु भएको छ,’ उनले भने।
उनले सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप गुमाउनेछन्। त्रिभुवन आर्मी क्लबमा आबद्द विकासले नेपाल सुपर लिग एफसी चितवनबाट खेलेका थिए। तर, पहिलो खेलमै चोट बोकेपछि उनले प्रतियोगितानै गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।