फाइल तस्वीर
काठमाडाैं- १६औं संस्करणको युरोकप अन्तर्गत लण्डनस्थित वेम्वलीमा हुने सेमिफाइनल र फाइनल खेल हेर्नका लागि दर्शकले स्टेडियममा प्रवेश पाउने भएका छन्।
बेलायत सरकारले अन्तिम तीन खेलका लागि ६० हजारभन्दा बढी दर्शकले स्टेडियममा खेल हेर्न दिने निर्णय गरेकाे हाे।
पहिलो पटक ११ दशमा आयोजना भइरहेको युरोकपको १६औं संस्करणको समूह चरणका खेलहरु आजबाट सकिँदैछ। सेमिफाइनलका दुई तथा फाइनल खेल लण्डनस्थित वेम्वलीमा हुनेछ।
युरोकपको सेमिफाइनल खेल जुलाई ६ र ७ तथा फाइनल जुलाई ११ मा हुनेछ। यूईएफएले बेलायत सरकारले वेम्वलीको क्षमताको ७५ प्रतिशत समर्थकलाई अनुमति दिने निर्णय गरेको जनाएको छ।
यूईएफएका अध्यक्ष अलेक्जान्डर कफेरिनका अनुसार स्टेडियममा प्रवेश गर्ने सबै दर्शकले कोभिड-१९ को रिक्वायरमेन्ट पालना गर्नुपर्नेछ।
‘यो राम्रो समाचार हो। धेरै समर्थकले युरो २०२० को अन्तिम तीन खेलमा वेम्वलीमा हेर्न पाउनेछन्,’ कफेरिनले भने।
वेम्वलीमा खेल हेर्न जानका लागि कोभिड-१९ नेगेटिभ रिपोर्ट हुनुपर्नेछ। १४ दिनअघि दुई डोजको खोप लगाएकालाई पनि मैदान प्रवेश गर्न दिइने छ।
दर्शकहरुले एपमार्फत् टिकट कात्ने बेलामा खोप लगाएको प्रमाणहरु पेश गर्न सक्नेछन्।यसका साथै कोरोना परीक्षण रिपोर्ट पनि पेश गर्नसक्नेछन्,’ यूईएफएले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।