तुल्सीपुर– टिकटक लगायत सामाजिक सञ्जालमा महिलाहरुको फोटो राखेर अश्लील शब्दहरु प्रयोग गरेको आरोपमा दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
विभिन्न समयमा फेक आइडीहरु खोली महिलाहरुको फोटो राखी फेसबूक, टिकटक मार्फत अश्लील शब्दहरु लेखी पोष्ट गरी चरित्र हत्या गरेको र सम्झाउन खोज्दा उल्टै पीडितसँग हातपात तथा अभद्र व्यबहार गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ बुद्दी ग्यारेज बस्ने १९ वर्षीय डेविट पुन छन्।
पीडित पक्षको जाहेरीपछि प्रहरीले पुनलाई आइतबार पक्राउ गरेको हो। पक्राउ परेका पुनमाथि अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।