काठमाडाैं- युरोपेली च्याम्पियनसिपको समूह चरणमा आज (बुधबार) ग्रुप अप डेग समूह 'एफ' मा रोमाञ्चक दुई खेलमा प्रतिस्पर्धा हुँदैछ। यस समूहमा विश्वकप विजेतार य रोपेली विजेतासहित तीन पूर्व विजेता छन्।
आज राति विश्व विजेता फ्रान्स र युरोपेली विजेता पोर्चुगलबीच बहुप्रतिक्षित भिडन्त हुनेछ। गत संस्करणमा फाइनल खेलेका यी दुई टोली यस पटक समूह चरणमै भिड्दैछन्। यस्तै, जर्मनीले घरेलु मैदानमा हंगेरीसँग खेल्नेछ।
फ्रान्स ४ अंकसहित शीर्ष स्थानमा छ र जस्तो नतिजा आए पनि नकआउटमा प्रवेश गर्नेछ। जर्मनी र पोर्चुगलको समान ३ र हंगेरीको १ अंक छ।
आज जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजे खेल हुनेछ। फ्रान्सले अन्तिम १६ मा स्थान बनाइसकेको छ।
समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो। तर, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो।
यता, समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो। तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४-२ गोल अन्तरले पराजित भएको थियो।
फ्रान्सले पोर्चुगलविरुद्ध जित हासिल गरे शीर्ष स्थान हासिल गर्नेछ। त्यस्तै, फ्रान्स बराबर भएर जर्मनीले जित्न नसकेपनि फ्रान्स शीर्ष नै रहनेछ। फ्रान्स हारेर हंगेरी जिते गोल अन्तरले दोस्रो स्थान निर्धारण हुनेछ।
फ्रान्सलाई हराउन सके पोर्चुगलको अर्को चरणमा पुग्ने पक्का छ। बराबर खेलेमा जर्मनी हारेपनि पोर्चुगल अन्तिम १६ मा पुग्नेछ। समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो। तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४-२ गोल अन्तरले पराजित भएको थियो।
पोर्चुगल जितेर जर्मनीले नजिते शीर्ष स्थानमा नै पुग्नेछ। पोर्चुगलले हारेर जर्मनी पनि हारेको अवस्थामा भने पोर्चुगल समूह चरणबाट नै बाहिरिदा हंगेरी अघिल्लो चरण प्रवेश गर्नेछ।
'हामीले जर्मनीसँगको खेल विश्लेषण गरेका छौँ,' पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले भने, 'फ्रान्स धेरै बलियो टिम हो। हामीले अट्याक र डिफेन्ड बलियो बनाउनु पर्छ।'
यो समूहमा जर्मनी अन्तिम १६ मा पुग्ने बलियो अवस्थामा देखिएका छन्। किनभने जर्मनीले अन्तिम खेलमा घरेलु मैदानमा खेल्दैछ भने फ्रान्सले ४ अंक जोडिसकेको अवस्थामा छ।
हंगेरीलाई हराए जर्मनी अर्को चरणमा जानेछ। बराबरी खेलेर फ्रान्सले नहारे जर्मनी अघि बढ्नेछ। जर्मनीले जितेर फ्रान्स हारे जर्मनी शीर्षस्थानमा पुग्नेछ। जर्मनीले बराबरी गरेर फ्रान्सले हारे अथवा जर्मनी र पोर्चुगल दुवैले हारे जर्मनी तेस्रो स्थानमा पुग्नेछ।
हंगेरी जितेर पोर्चुगल पराजित भए हंगेरी दोस्रो स्थानमा रहेर अघि बढ्नेछ। हंगेरी जितेर फ्रान्स हारे दोस्रो स्थान गोल अन्तरले निर्धारण हुनेछ। हंगेरीले जितेर अर्को खेल बराबर भए हंगेरीले तेस्रो स्थान हासिल गर्दा पोर्चुगल समूह चरणबाटै बाहिरिने छ।
उत्कृष्ट तेस्रो टिम बन्दै अन्तिम १६ मा कुन- कुन टिम पुग्न सक्छन् ?
युरो २०२० मा समूहका विजेता र उपविजेतासहित तेस्रो हुने टिमले पनि अन्तिम १६ मा स्थान बनाउने छन्। समूहमा तेस्रो हुने ६ टिममध्ये ४ टिमले मात्र अन्तिम १६ मा स्थान बनाउने छन्।
उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुग्नका लागि ६ समूहमा तेस्रो हुने टिममध्ये बढी अंक ल्याउनुपर्ने प्रावधान छ। यदि समान अंक भए गोलअन्तर, गरेको गोल संख्या, जित संख्या र प्राप्त कार्ड संख्यालाई आधार मानिनेछ। यी आधारमा पनि बराबरी भएमा युरो छनोटमा प्राप्त अंकलाई आधार मानिनेछ।
उत्कृष्ट तेस्रो टिमको रूममा अहिलेसम्म समूह 'ए' बाट स्विट्जरल्यान्ड र समूह 'डी' बाट चेक रिपब्लिक अन्तिम १६ मा पुग्नेछन्। अब दुई टिमको टुंगो आज राति हुने समूह चरणका अन्तिम खेलहरूपछि लाग्नेछ।
समूह 'ई' र 'एफ' अघिको तेस्रो हुने टिमको अकं तालिकामा चेक रिपब्लिक शीर्ष स्थानमा छ। दोस्रो स्थानमा स्विट्जरल्यान्ड छ भने जर्मनी र पोर्चुगल तेस्रो स्थानमा छ। पोर्चुगलको अन्तिम खेलपछि समूहकाे स्थानमा फरक पर्न सक्नेछ।
यस्तै, युक्रेन चौथो स्थानमा छ भने फिनल्याण्ड पाँचौ र स्पेन छैटौ स्थानमा छ। इंग्ल्याण्ड र स्पेन अझै अन्तिम १६ का लागि बलियो स्थानमा छैनन्।
स्पेनले पनि अन्तिम खेल खेल्न बाँकी छ। यसमा पनि नतिजाले फरक पार्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।