काठमाडौं– ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले दोस्रो जित हात पारेको छ।
मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो।
खेलको १०औं मिनेटमै एलेजेन्ड्रो गोमेजले गरेको गोल नै निर्णायक बन्यो। उनले एन्जल डी मारियाको पासमा गोल गरेका हुन्।
जितसँगै तीन खेलबाट सात अंकसहित अर्जेन्टिना समूह ’ए’ को शीर्ष स्थानमा छ। त्यसैगरी, दुई खेलबाट तीन अंक जोडेको पाराग्वे तेस्रो स्थानमा रहेको छ।
बिहान सम्पन्न यसै समूहको अर्को खेलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।
तीन खेलबाट ५ अंक जोडेको चिली दोस्रो तथा दुई खेलबाट एक अंक जोडेको उरुग्वे चौथो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।