• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेता, जनप्रतिनिधिदेखि सरकारी कर्मचारी नै गर्छन् जातीय विभेद र छुवाछुत

जातीय विभेदको मुद्दा दर्ताको ग्राफ उकालो लाग्दै
64x64
नारायण अधिकारी मंगलबार, असार ८, २०७८  ०८:१०
1140x725

काठमाडौं- झण्डै एक महिनाअघि आफूलाई 'सामाजिक अभियन्ता' दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरी कार्यालयमै पुगेर एकजना जुनियर प्रहरी अधिकृतमाथि रंगभेदी र जातीय विभेदयुक्त अभिव्यक्ति दिए। असई मणिकान्त झालाई संग्रौला र उनको समूहले ‘मधेशी, मधेशमै गएर खेतीपाती गर’ जस्ता अभिव्यक्ति दिएर प्रहरी कार्यालयभित्रै रंगभेदी दुर्व्यवहार गरेको थियो।

उनै संग्रौला अहिले कुटपिटको मुद्दामा महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा छिन्। जातीय विभेद गरको भन्दै उनीविरुद्ध मधेशी आयोगमा उजुरी समेत परेको छ। यो विषयमा पनि छानबिन हुने प्रहरीले जनाएको छ।

समाजका अगुवा भनिएका, आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेहरूबाट समाज नै विभाजित हुुने अभिव्यक्ति दिने घटना नौलो भने होइन। सामाजिक अभियन्ता दाबी गरिएकादेखि सरकारी कर्मचारी, नेता, जनप्रतिनिधि र समाजका अगुवा समेत जातीय विभेदको मतियार रहेका घटनाहरू छन्।

जातिय भेदभाव गरेको आरोपमा आइतबार काठमाडौंबाट एक घरबेटी सरस्वती प्रधानलाई प्रहरीले पक्राउ गरेको छ। अहिले उनी प्रहरी हिरासतमा छन्। जातकै कारण डेरामा बस्न कोठा नदिएको उनीमाथि आरोप छ।

पेसाले सरकारी कर्मचारी रहेका काठमाडौं तारकेश्वर-१० का श्रीकृष्ण बिडारी अहिले पनि जातीय विभेदको मुद्दा खेपिरहेका छन्। गृह मन्त्रालय मातहतका कर्मचारी रहेका बिडारीले डेरामा बस्ने दीपा नेपालीमाथि जातीय विभेद गरेको विषय अदालतमा विचाराधीन छ।

बिडारीविरुद्ध जातीय विभेदको उजुरी दिन समेत नेपालीले ठूलै कसरत गर्नु परेको थियो। उजुरीपछि कर्मचारी बिडारी जातीय विभेद गरेको आरोपमा हिरासतसम्म पुगेका थिए। पछि काठमाडौं जिल्ला अदालतबाट ३५ हजार रुपैयाँ धरौटीमा रिहा भए। उक्त मुद्दाको अन्तिम छिनोफानो भने अझै भएको छैन। 

यी पछिल्ला घटनाहरूले जातीय विभेदमा समाजका अगुवा भनिएका व्यक्ति नै संलग्न रहेको देखाउँछ। जातीय विभेदमा सरकारी कर्मचारीदेखि जनप्रतिनिधि समेत सामेल भएको पाइनुले छुवाछुतकको भित्रि पाटो अझै डरलाग्दो रहेको देखिन्छ।

जातले जर्जर समाज कहिले ब्युँझिएला?

Ncell 2
Ncell 2
nimb
nimb

पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा जनप्रतिनिधिकै संलग्नतामा जातकै कारण एक वर्षअघि ६ जनाको विभत्स हत्या गरियो। उक्त घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्लसमेत ३६ जनालाई विपक्षी बनाउँदै मुद्दा दर्ता भएको थियो। वडाध्यक्ष मल्लकै अगुवाइमा उक्त घटना भएको पीडित पक्षको आरोप थियो। 

यसभन्दा अघि नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेतको अगुवाइमा जातीय भेदभाव भएको सार्वजनिक भएको थियो। रुपन्देहीमा २०७६ वैशाख ५ गते दलितको बिहेमा सहभागी भएर पनि बिहे भोज नखाएपछि अपमान भएको भन्दै दलित परिवारले गैरदलितले दिएको दक्षिणा नै फिर्ता गरेका थिए। 

यो पनि पढ्नुहोस्

जातकै कारण डेरा नपाउने, डेराबाट समेत निकालिने घटना काठमाडौंमैसोमबार, असार ७, २०७८

शुद्धोधन गाउँपालिका–४ फर्साटिकर हाटबजार निवासी रामबहादुर विकको २२ वर्षकी छोरी आरती विकको विवाहमा गएका नेपाली कांग्रेस रुपन्देहीका क्षेत्रीय सभापति केशव अधिकारी, आमा समूहकी अध्यक्ष रसमाया थापा, टोल विकास समितिका उपाध्यक्ष बालकृष्ण गैरेलगायतले बिहे भोज अस्वीकार गरेको भन्दै त्यसबेला दक्षिणा वापतको रकम दलित परिवारले फिर्ता गरेका थिए। 

समाजमा प्रतिष्ठित भनिएका व्यक्ति नै जातीय विभेदमा संलग्न हुनुले छुवाछुतको सोचाई अझै व्याप्त रहेको संकेत गर्ने अपराधशास्त्री रजितभक्त प्रधानांग बताउँछन्।

Xtrem

Xtrem

जातीय विभेद फौजदारी अपराध हो। कानून नै बनेर कारबाही गर्ने बाटो खुल्दा समेत प्रतिष्ठित भनिएका व्यक्तिबाट यस्तो अपराध हुनुलाई विभेदविरुद्धको सोचाईमा परिवर्तन हुन नसकेको उनी बताउँछन्। 

वर्षेनी बढ्दैछन् जातीय भेदभावका मुद्दा
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार वर्षेनी जातीय भेदभावका मुद्दाको संख्या बढ्दै गएको छ। मुद्दाको संख्या बढ्दै गएको तंथ्याकमै देखिनुमा जातीय भेदभाव कायमै रहेको सँगसँगै उजुरी गर्नुपर्छ भन्ने मानसिकता पनि विकास भएको बुझ्नु पर्ने नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवर बताउँछन्।

‘प्रहरीको तथ्यांकले वर्षेनी जातीय भेदभावको मुद्दा दर्ता संख्या बढ्दै गएको देखिन्छ। यसमा जातीय भेदभााव पनि बढ्दै गएको भन्दा पनि मुद्दा दर्ता गर्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको भनेर बुझ्नुपर्छ’, एसएसपी कुँवर भन्छन्।

प्रहरीको तथ्यांक अनुसार पछिल्लो पाँच आर्थिक वर्षमा मात्रै जातीय भेदभाव तथा छुवाछुतको कसुरमा १८२ वटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७३/७४ मा जातीय भेदभाव तथा छुवाछुतको कसुरमा जम्मा २५ वटा मुद्दा दर्ता भएका थिए। जसमध्ये काठमाडौं उपत्यकामा २, साविक पूर्वाञ्चलमा ४, मध्याञ्चलमा ६, पश्चिमाञ्जलमा ७, मध्यपश्मिाञ्चलमा ४ र सुदूरपश्चिममा २ वटा मुद्दा दर्ता भएका थिए। 

आर्थिक वर्ष २०७४/७५ मा भने २५ बाट घटेर मुद्दा दर्ताको संख्याको १७ पुगेको थियो। जहाँ काठमाडौं उपत्यकामा १, प्रदेश १ मा ३, प्रदेश २ मा ४, बागमती प्रदेशमा २, गण्डकी २, लुम्बिनीमा १ र सुदूरपश्चिम प्रदेशमा ४ गरी १७ वटा मुद्दा दर्ता भएका थिए। 

आर्थिक वर्ष २०७५/७६ मा भने मुद्दा दर्ता संख्या १७ बाट बढेर ४५ पुगेको थियो। जसमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १० वटा मुद्दा दर्ता भएका थिए। 

आर्थिक वर्ष २०७६/७७ मा ३९ वटा मुद्दा दर्ता भएकोमा सबैभन्दा बढी सुदूरश्चिम प्रदेशमै १० वटा मुद्दा दर्ता भएका थिए। 

आर्थिक वर्ष २०७७/७८ को वैशाख महिनासम्ममा भने सबैभन्दा बढी ५६ वटा मुद्दा दर्ता भइसकेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। जसमा सबैभन्दा बढी प्रदेश २ मा १७ र त्यसपछि सुदूरपश्चिममा १६ वटा मुद्दा दर्ता भएका छन्। जेठ र असार महिनाको तथ्यांक आउन बाँकी नै रहेकाले यो संख्या अझै बढ्ने देखिन्छ। 

कसूरदार जेल चलान तर, घटेनन् जातीय भेदभावका घटना
गत फागुन ३ गते जिल्ला प्रहरी कार्यालय काभ्रेले जातीय भेदभाव तथा छुवाछुत कसुरका दोषी ३ जनालाई पक्राउ गरेको थियो। काभ्रेकै पाँचखाल नगरपालिका–६ बाट सोही ठाउँका ३७ वर्षीय रामचन्द्र श्रेष्ठ, २५ वर्षीय नवीन श्रेष्ठ र ३० वर्षीय दीपक श्रेष्ठ पक्राउ परेका थिए। 

उनीहरूले पाँचखाल नगरपालिका–६ स्थित यात्रु प्रतीक्षालयमा २०७४ माघ १ गते एक व्यक्तिलाई  दलित भन्दै अपशब्द तथा गालीगलौज गरी जुत्ताको माला लगाई गाउँ निकाला गर्न खोजेका थिए। 

उक्त घटनाको मुद्दा उच्च अदालत पाटनसम्म पुगेको थियो। उच्च अदालत पाटनले २०७६ असार १६ गते जनही ४ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना र पीडितलाई जनही २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको थियो। त्यसपछि फरार रहेका उनीहरूलाई पक्राउ गरी कारागार पठाइएको थियो। 

जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अनुसार जातीय भेदभाव तथा छुवाछुतको कसुर गरेमा ३ वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। यही कानुनमा टकेर गुल्मीमा समेत पहिलोपटक २०७६ भदौमा जिल्ला अदालत गुल्मीले जेल चलानको फैसला गरेको थियो।

गुल्मीको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेवापत ३ महिना कैदको फैसला सुनाइएको थियो। काउछा मगरले वर्षा भएको बेला उनको घरमा ओत लाग्न पुगेका स्थानीय श्याम नेपाली परियारलाई घरभित्र पसेको भन्दै लछारपछार गर्नुका साथै बाहुन ल्याएर घर चोख्याउन लगाएका थिए भने १५ सय रुपैयाँ समेत जरिवाना तिराएका थिए।

छुवाछुको कसूरमा प्रहरी हिरासत पुगेका काउछा मगर ६० हजार धरौटीमा रिहा भए। पछि अदालतले उनलाई ३ महिना कैद ५० हजार जरिवाना र पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।

जातीय छुवाछुत तथा भेदभावको कसूरमा जेल चलानसम्मका घटना भएपनि छुवाछुत तथा भेदभाव भने रोकिएको छैन। प्रहरीसम्म पुगेका यस्ता घटनामध्ये कतिपय दुवै पक्षको सहमतिमा मिलापत्र हुने गरेका छन्  भने केही घटनामात्रै मुद्दा दर्ता भएर अदालतसम्म पुग्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन्। तर, प्रहरी प्रवक्ता, एसएसपी कुँवर भने प्रहरीमा आएका अधिकांश उजुरी दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने गरिएको दाबी गर्छन्। 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’ भन्ने अवधारणासहित पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निजी क्षेत्रबाट प्राप्त सुझावलाई सरकारले महत्त्वपूर्ण दस्तावेजको रुपमा लिएको र त... सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको भन्... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्