• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जातकै कारण डेरा नपाउने, डेराबाट समेत निकालिने घटना काठमाडौंमै

पहिले ‘मिलापत्र’ मा टुंगिन्थे, अब मुद्दा चल्न थाले 
64x64
नारायण अधिकारी सोमबार, असार ७, २०७८  २१:१६
1140x725

काठमाडौं– जातका आधारमा विभेद र दुर्व्यवहार गरेको आरोपमा काठमाडौं बबरमहलकी सरस्वती प्रधान प्रहरी हिरासतमा पुगेकी छन्। आइतबार पक्राउ परेकी प्रधानलाई काठमाडौं जिल्ला अदालतले ३ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

उनीमाथि जातीय र अन्य छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रधानविरुद्ध जातका आधारमा कोठा (डेरा) नदिएको भन्दै उजूरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पीडितले जाहेरी (उजूरी)मा उल्लेख गरेअनुसार प्रधानले जातकै कारण देखाएर कोठा नदिएको हो/होइन, यदी हो भने कुन उद्देश्यले किन त्यस्तो व्यवहार गरियो भन्ने पाटोमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी रमेश बस्नेतले नेपाल लाइभलाई बताए।

तनहुँ घर भएकी २४ वर्षीया रुपा सुनारलाई जातको कारण देखाएर प्रधानले कोठा नदिएको दाबी जाहेरीमा गरिएको छ। सञ्चारकर्मी सुनार कोठा खोज्दै बबरमहलस्थित प्रधानको घरमा पुगेकी थिइन्। रुपाका अनुसार कोठाको भाडा लगायत सबै कुुरा मिलिसकेपछि घरबेटी प्रधानले उनलाई जात सोधेकी थिइन्। जवाफमा उनले आफू कामी भएको बताएकी थिइन्। एक छिन अघिसम्म ‘अब एकै घरको जस्तो बनेर बस्नुपर्छ’ भनेकी प्रधानले उनको थर सुनेपछि भने निकै अप्ठेरो महसुस गरेकी र सिधै ‘हुँदैन’ भन्न नसकेर पछि खबर गर्ने भन्दै मोबाइल नम्बर छाडेर जान भनेकी थिइन्। पछि आफैंले फोन गर्दा ‘घरमा बुढी आमा हुनुहुन्छ, पूजाआजा गर्नुपर्छ, कोठा दिन सकिएन’ भन्ने जवाफ दिएको रुपाले प्रहरीसमक्ष बताएकी छन्। 

प्रहरीले अहिले यिनै पाटोमा केन्द्रित रहेर अनुसन्धान गरिरहेको छ।

रुपा जातका कारण डेरा नपाउने पछिल्लो घटनाको प्रतिनिधि पात्र मात्र हुन्। उनीभन्दा पहिले पनि काठमाडौं उपत्यकामा जातकै कारण डेरा नपाएका घटना सार्वजनिक भइसकेका छन्। यसअघि कैलालीकी दीपा नेपाली र दोलखाकी करुणा विश्वकर्माले पनि जातकै कारण डेरा नपाएका घटना सार्वजनिक भएका थिए।

डेरामा बसेकै दिन छाड्न दबाब, नमानेपछि ३५ दिने सूचना
कैलाली, सुख्खडकी दीपा उच्च शिक्षाका लागि काठमाडौं आएकी थिइन्। सुरुमा उनी त्रिभुवन विश्वविद्यालयको छात्राबासमा बसेर पढिन्। पछि भाइबहिनी पनि काठमाडौं पढ्न आउने भएपछि उनले डेरा खोज्नु पर्यो। डेराका लागि कोठा खोज्दै उनी तारकेश्वर नगरपालिका–१० स्थित श्रीकृष्ण बिडारीको घरमा पुगेकी थिइन्। 

२०७६ फागुनमा उनले बिडारीको घरमा भाडामा बस्ने निधो गरिन्। त्यसबेला बिडारीले उनको जात सोधनन्। 

गृह मन्त्रालय मातहतका सरकारी कर्मचारी समेत हुन् बिडारी। दीपा बिडारीको घरमा बस्नलाई सरेकै दिन उनकी छोरी शर्मिलाले दीपासँग परिचय गरिन्। दिपाले आफ्नो नाम थर बताएपछि उनीहरुले दीपालाई तत्काल कोठा खाली गर्न भने। त्यसबेला बिडारीले आमाको मृत्यु भएकाले ‘घर बिटुलो हुनसक्ने’ भन्दै त्यस वर्ष ‘दलितलाई घरमा राख्न नसकिने’ बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

दीपाले तत्काल कोठा नछाडने बताएपछि घर मर्मत गर्नुपर्ने भन्दै सरकारी कर्मचारी समेत रहेका बिडारीले त्यसबेला ३५ दिने सूचना नै टाँस गरेका थिए। दीपाले प्रहरीमा उजूरी गरेर यी सबै विषय खुलाएकी थिइन्।

सूचना टाँस गरेर आफूलाई दबाब दिने काम भएपछि दीपाले त्यसबेला राष्ट्रिय मानवअधिकार आयोगलाई समेत गुहारेकी थिइन्। घटना यतिसम्म भयो कि दीपा क्याम्पस गएका बेला बिडारीकी श्रीमतीले उनको कोठामा नै ताला लगाइदिइन्। विभेद अति भएपछि दीपाले प्रहरीमा जाहेरी दिएकी थिइन्।

तर, प्रहरीमा जाहेरी दर्ता गर्न पनि उनले ठूलै मिहिनेत गर्नुपर्यो। उजूरी दर्ता भएपछि भने सरकारी कर्मचारी बिडारी जातिय विभेद गरेको आरोपमा पक्राउ परे। पछि काठमाडौं जिल्ला अदालतबाट उनी ३५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए। यो मुद्दाको अन्तिम टुंगो लाग्न भने बाँकी नै छ। 

जातका कारण डेरा पाइएन, उजूरी गर्न खोज्दा पनि सास्ती
२०७६ फागुनमा करुणा विश्वकर्माले जातकै कारण डेरा नपाउने र उल्टै अपमान खेप्नुपर्ने अवस्था आयो। आफ्नो जात बताउँदा कोठा भाडामा नदिएपछि उनले धापासी, काठमाडौंका माधवराज भुसाल दम्पतीका विरुद्ध प्रहरीमा जाहेरी दिइन्। तर, उजूरी दर्ताका लागि नै ठूलो झमेला खेप्नुपर्‍यो। पछि उजूरी दर्ता भयो र भुसाल दम्पती पक्राउ परे। 

Xtrem

Xtrem

काठमाडौं जिल्ला अदालतले भुसाल दम्पतीलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो। डेको थियो। यो मुद्दा पनि अहिले अदालतमा विचाराधीन छ।  

जातकै कारण डेरा नदिइएको भनेर मुद्दा चलेका घटना भने यी बाहेक खासै चर्चामा आएका छैनन्। पछिल्लो समय जातका आधारमा हुने विभेद विरुद्ध मुद्दा नै दर्ता हुन थाल्दा चाहिँ विभेदका घटनामा कमी आएको हुनसक्ने अपराधशास्त्री रजितभक्त प्रधानांग बताउँछन्। ‘जातीय विभेद पहिलाको तुलनामा अहिले धेरै कम भइसकेको छ। पहिला विभेद भए पनि त्यस्ता घटना मुद्दासम्म पुग्दैनथे। अहिले मुद्दाको रुपमा ठाउँ पाउन थालेका छन्। मुद्दा नै चल्न थाल्नुले पनि आगामी दिनमा विभेदको शृखलामा कमी आउन सक्छ’, प्रधानांग भन्छन्। 

प्रधानांगले यसअघि पनि जातीय विभेद भए पनि ती विषय बाहिर नआउने, आए पनि सबैजसो मिलापत्रमा टुंगिने गरेको बताए। उनले भनेजस्तै काठमाडौं उपत्यकामै भएका कतिपय जातीय विभेदका घटना मिलापत्रमै समेत टुंगिएका उदाहरण छन्।

सात वर्षअघि सञ्चारकर्मी कमलाकुमारी रसाइलीले जातकै कारण कोठा पाइनन्। मध्यबानेश्वरमा कृष्ण थापाको घरमा मासिक ३ हजार भाडामा कमलाले कोठा लिने निधो गरिन्। पछि उनको थर (रसाइली) थाहा पाएपछि कृष्णले कोठा भाडामा नदिने बताए। कमलाले जातीय भेदभाव विरुद्ध प्रहरीमा उजुरी दिइन्। प्रहरीले कृष्णलाई बोलाएर छलफल गरायो। उनले माफी मागेपछि प्रहरीले यो घटनामा मिलापत्र गराएर पठाएको थियो। 

इलाम घर भएकी खिममाया परियार पनि त्यतिबेला दलित भएकै कारण आफू बसेको डेराबाट निकालिएकी थिइन्। काठमाडौंको बत्तीसपुतलीमा बस्ने खिममायालाई त्यो घरम डेरा सरेको चार दिनमै जात थाहा पाएपछि घरबेटी धु्रवराज लामिछानेले कोठा खाली गर्न दबाब दिएका थिए। त्यसपछि उनले प्रहरीमा उजुरी दिइन्। महानगरीय प्रहरी वृत्त गौशालाले धु्रवराजलाई ‘अबदेखि जातीय भेदभाव नगर्ने’ भन्दै माफी मगाएर, मिलापत्र गराएर छाडेको थियो।

सुरुका दिनहरुमा विभेदका विषय सार्वजनिक नै नहुने भए पनि मिलापत्रमा टुंगिने गरेकोमा अहिले भने मुद्दा नै दर्ता हुनेसम्मको घटनाले अब विभेद कम हुने प्रधानांगले बताए। 

यस्तो छ कानुनी व्यवस्था
जातीय र अन्य छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ मा प्रष्टरुपमा जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय कसुर मानिएको छ। ऐनको दफा ३ मा कसैले पनि जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव गर्न नहुने उल्लेख छ। ‘जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न कुनै प्रकारको मद्दत, दुरुत्साहन, उक्साउने काम गर्ने कार्य’लाई ऐनले अपराध ठहर गरेको छ। 

कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वेश, समुदाय, पेशा, व्यवसायलाई आधार मानेर कुनै पनि विभेद गरेमा जातीय छुवाछुतको अपराध गरेको ठहरिने ऐनमा उल्लेख छ। जातीय विभेद गरेको पाइएमा त्यस्ता व्यक्तिलाई बढीमा ३ वर्षसम्म कैद र २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा छ। 

जातीय भेदभाव गर्न उक्साउने र दुरुत्साहन गर्नेलाई भने मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुने ऐनमा उल्लेख छ। एक पटक जातीय विभेद तथा छुवाछुतको कसुरमा सजाय पाइसकेको व्यक्तिलाई पुनः विभेद गरेमा दोब्बर सजाय हुने व्यवस्था पनि छ। अझ सार्वजनिक पदधारण गरेको व्यक्तिले यस्तो अपराध गरेको खण्डमा अन्य व्यक्तिसरह हुने सजायमा थप ५० प्रतिशत सजाय हुने कानूनी व्यवस्था छ। 

नेपालको संविधानको प्रस्तावनामै राज्यले धर्म, जातजाति, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र वा कुनै पनि आधारमा विभेद गर्न पाइने छैन भनिएको छ। यिनै विषयहरुलाई ऐनले कार्यान्वयन गर्नुपर्नेमा ऐन आएको एक दशक बितिसक्दा समेत सानो संख्यामा मात्रै मुद्दा चलेको देखिएकाले यस्ता घटना बिचमै सामसुम हुने गरेको विश्लेषण गर्न सकिने प्रधानांग बताउँछन्।

यसअघि पनि विभेदका घटना अदालतसम्म पुग्ने गरेका भए विभेदको दरमा धेरै कमी आउनसक्ने आकलन उनले गरे। ‘फाट्टफुट्ट यस्ता घटना हुन्छन्। त्यसलाई कानूनले हेर्ने हो। एकाध केसमा बाहेक सजाय नै भएको छ। सजाय नै नभएको अवस्थामा यस्ता अपराध दोहोरिन्छन्’, प्रधानांग भन्छन्।

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्