काठमाडाैं- १६औं संस्करणको युरोकप फुटबल सहभागी स्कटल्याण्डका मिडफिल्डर बिली गिल्मोरलाई कोरोना संक्रमण भएको छ।
२० वर्षीय गिल्मोरले जारी युरोकप अन्तर्गत तीन दिनअघि इङ्ल्यान्डविरुद्ध भएको खेलमा ‘प्लेयर अफ दी म्याच’को अवार्ड जितेका थिए।
त्यस खेलमा स्कटल्याण्डले बराबरी खेलेको थियो। चेल्सी मिडफिल्डरसमेत रहेका गिल्मोर पहिलोपटक स्कटल्याण्ड सुरुवाती ११ मा परेका थिए।
अन्य खेलाडीलाई भने कोरोना संक्रमण पुष्टी नभएको स्कटल्याण्ड फुटबल संघले जनाएको छ। उनलाई अलगै राखिएको पनि बताइएको छ।
उनले क्रोएसियाविरुद्ध हुने समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् ।स्कटल्याण्डले मंगलबार क्रोएसियासँग खेल्नेछ ।
तर, उनी १० दिनको सेल्फ आइसोलेसनमा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।