काठमाडौं- आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ।
स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी हर्षोल्लास र उमंगका साथ दशैँ पर्व मनाएका हुन्।
बडादशैँको दशौँ दिन राष्ट्रप्रमुखदेखि सर्वसाधारणसम्म टीका र आशिर्वाद थाप्न दिनभर व्यस्त रहे । दसैँका बेला लगभग फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा टीकापछि चहलपहल बढेको छ।
दुई÷तीन दिनदेखि उपत्यका सुनसान भएपनि टिकाको दिन बेलुकादेखि काठमाडौँ उपत्यकामा सवारी साधन बाक्लिँदै गएका छन्। रासस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।