काठमाडौं– कोपा अमेरिकाअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा भेनेजुएला र इक्वेडर बराबरीमा रोकिएका छन्। निल्टन सान्तोष फुटबल मैदानमा सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएको हो।
खेलको ३९औं मिनेटमा इक्वेडरका इडर प्रेसिडो गार्सियाले गोल गर्दै अग्रता बनाएको थियो। तर, ५१ औं मिनेटमा भेनेजुएलाका एडिसन क्यास्टिलोले गोल गर्दै खेल बराबरीमा ल्याए।
गोञ्जालो प्लाटाले ७१ औं मिनेटमा गोल गर्दै इक्वेडर २–१ ले अघि बढ्यो। अतिरिक्त सउमयमा भेनेजुएलाका रोनाल्ड हर्नान्डेजले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए
बराबरीसँगै ३ खेलबाट २ अंक जोडेको भेनेजुएला समूह ‘बी’ को तेस्रो स्थानमा छ भने २ खेलबाट १ अंक जोडेको इक्वेडर चौथो स्थानमा छ।
भेनेजुएला पहिलो खेलमा ब्राजिलसँग ३–० ले पराजित भएको थियो भने दोस्रो खेलमा कोलम्बियासँग बराबरीमा रोकिएको थियो। इक्वेडर भने पहिलो खेलमा कोलम्बियासँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।