काठमाडाैं- कोपा अमेरिका २०२१ मा सोमबार समूह चरणका दुई खेल हुँदैछन्। सोमबार विहान ५:४५ बजे समूह ‘बी’मा रहेका कोलम्बिया र पेरुबीच प्रतिस्पर्धा हुँदैछ।
पहिलो खेलमा इक्वेइडरलाई १-० गोलले पराजित गरेको कोलम्बियाले दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो।
कोलम्बिया एक खेलमा जित र एक खेलमा बराबरी खेल्दै चार अंक जोडेर समूहमा दोस्रो स्थानमा छ। लगातार दुई जित निकालेर ६ अंक जोडेको आयोजक ब्राजिल शीर्ष स्थानमा छ।
पेरूले भने एक खेल मात्र खेलेको छ। पेरुले आफ्नो पहिलो खेलमा ब्राजिलसँग ४-० ले पराजित भएको थियोर
कोलम्बिया र पेरुबीचको खेलअघि बिहान २स्४५ बजे भेनेजुएला र इक्वेइडरबीच खेल हुँदैछ।
इक्वेइडर आफ्नो दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा इक्वेइडरलाई कोलम्बियालाई १-० गोलले पराजित गरेको थियो।
भेनेजुएला पहिलो खेलमा ब्राजिलसँग ३-० गोलले पराजित भएको थियो। दोस्रो खेलमा कोलम्बियासँग बराबरी खेल्दै अंकको खाता खोलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।