काठमाडाैं- इंग्लिस डिफेन्डर फिकायो टोमोरी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन्।
सिरी ‘ए’ क्लब मिलानले उनलाई २५ मिलियन पाउन्डमा स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो। २४ वर्षीय फिकायो अब सन् २०२५ सिजनको अन्त्यसम्म मिलानमा रहनेछन्।
फिकायो गत सिजन इंग्लिस प्रिमियर लिग क्लब चेल्सीबाट लोनमा मिलान आएका थिए। क्लबमा उत्कृष्ट प्रदर्शन गरेपछि मिलानले उनलाई स्थायी रुपमा अनुबन्ध गरेको हो। उनले गत सिजन सिरी ‘ए’ मा २२ खेल खेल्दै एक गोलसमेत गरेका थिए।
उनी चेल्सीकै एकेडेमीबाट हुर्किएका हुन्। उनले २०१६ मा चेल्सीको सिनियर टोलीमा स्थान बनाएका थिए। उक्त सिजन उनले चेल्सीबाट २७ खेल खेल्दै दुई गोल गरेका थिए।
फिकायो चेल्सीकाे टाेलीमा सुरुवाती रोजाइमा पर्न असफल भएपछि अधिकांश समय लोनमै खेलिरहेका छन्। उनले ब्राइटन, हल सिटी र डर्वी काउन्टीबाट लोनमा खेलिसकेका छन्। उनले इंग्ल्यान्डका लागि एक खेल खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।