बाजुरा- बाजुराको पूर्वीउत्तरी भेगको जगन्नाथ गाउँपालिका-३ घोटकन्यामा आइतबार कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुंगा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले बताए।
हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको उनले बताए। मृतक भण्डारीको टाउकामा ढुंगा लागेपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।