काठमाडौं– जारी युरोकप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन बराबरीमा रोकिएको छ। सेभियास्थित स्टेडियो डे ला कार्जुजामा सम्पन्न खेलमा स्पेनले पोल्याण्डसँग १–१ को बराबरी खेलेको हो।
स्पेनले खेलको २४औं मिनेटमा अल्भारो मोराटाको गोलमा अग्रता बनाएका थिए। पहिलो हाफमा पछि परेको पोल्याण्डले दोस्रो हाफमा खेल बराबरीमा फर्कायो।
पोल्याण्डका लागि खेलको ५४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए।
खेलको ५८ औं मिनेटमा स्पेनले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा खेल बराबरीमै सकियो। स्पेनका जेरार्ड मोरोनो पेनाल्टीमा गोल गर्न सकेनन्।
यसअघिको खेलमा पनि स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो।
समूह ’ई’ मा दुई अंकका साथ स्पेन तेस्रो स्थानमा छ। तालिकाको शीर्षस्थानमा स्वीडेन छ, ४ अंक जोडेको स्विडेनले एकमा जित तथा एकखेल बराबरी खेलेको थियो।
दोस्रो स्थानमा ३ अंकका साथ स्लोभाकिया छ। पोल्याण्ड भने मात्र१ अंकका साथ तालिकाको अन्त्यमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।