• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युरोकप : जर्मनी र पोर्चुगलकाे ‘हेभिवेट भिडन्त’ आज

हंगेरीले फ्रान्स र स्पेनले पोल्याण्डसँग खेल्दै
64x64
नेपाल लाइभ शनिबार, असार ५, २०७८  १७:१४
1140x725

काठमाडाैं- युरो २०२० मा आज पनि तीन खेल हुँदैछ। जस अन्तर्गत ग्रुप अफ डेथको रुपमा रहेको समूह ‘एफ’ को दुई तथा ‘ई’ को एक खेल हुँदैछ।

पहिलो खेलमा समूह ‘एफ’ मा रहेकाे हंगेरी र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल हंगेरीको राजधानी बुडापेस्टमा नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट शुरू हुनेछ। यसअघि जर्मनीलाई उसैको मैदानमा १–० ले हराउँदै फ्रान्सले प्रतियोगितामा विजयी सुरुवात गरेको थियो। फ्रान्स समूहमा ६ अंक जोडेर अन्तिम १६ मा पुग्न चाहान्छ।

फ्रान्सले हंगेरीलाई पराजित गरेमा नकआउटमा स्थान बनाउनेछ। हंगेरीका लागि भने नकआउटको सम्भावना कायम राख्न फ्रान्सलाई हराउनुपर्ने दबाब छ। यता, घरेलु मैदानमै पोर्चुगलसँग हंगेरी ३–० ले पराजित भएको थियो। हंगेरीले तीनवटै गोल अन्त्यमा गएर खाएको थियो। खेलको ८४ मिनेटसम्म उसले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई गोल गर्न दिएको थिएन। 

हंगेरीले पहिलो हाफमा गरेको उत्कृष्ट प्रदर्शनलाई दोस्रो हाफमा पनि निरन्तरता नै दिएको थियो। खेलपछि उसका प्रशिक्षक मार्को रोस्सीले ८४ मिनेट नभएर ९० मिनेटसम्म लागु हुने गेम प्लान तयार गर्ने बताएका छन्।

फ्रान्स र हंगेरी १६ वर्षपछि भिड्न लागेका हुन्। सन् २००५ मा भएको खेलमा फ्रान्सले हंगेरीलाई २–१ ले पराजित गरेको थियो।

फ्रान्स र हंगेरीबीच विश्वकपमा दुई पटक भेट हुँदा फ्रान्स विजयी भएको छ। सन् १९६४ र १९७२ को युरोकपको क्वालिफाइडमा गरेर यी दुई टोलीबीच चार खेल भएको थियो। जसमा हंगेरीले ३ खेल जित्दा एक खेल बराबरी भएको थियो।

यता, दुई टिमबीच बुडापेस्टमा ८ खेल भएको छ। पछिल्लो पटक १९९० मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ३-१ ले जित हात पारेको छ। बाँकी ६ खेलमा हंगेरीले आफ्नो राजधानीमा जित हात पारेको छ। एक खेल भने बराबरीमा सकिएको छ। हंगेरीले सन् १९२७ मा बुडापेस्टमा भएको खेलमा फ्रान्सलाई १३-१ ले पराजित गरेको थियो। 

 फ्रान्ससँग राफाल भराने, पाउल पोग्बा, एनगोलो कान्टे, एन्टोनियो ग्रिजम्यान, कालियन एमबाप्पे, करिम बेन्जामाजस्ता विश्वकै उत्कृष्ट खेलाडी छन्।फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले दुई खेल जित्न सके नकआउटमा छनोट हुने भएकाले त्यही मुख्य लक्ष्य रहेको बताए। उनले हंगेरीलाई मिहिनेती टिम भनेका छन्। हंगेरीले घरेलु मैदानमा खेलिरहेकोले डेसच्याम्पले पोर्चुगलविरुद्धको जस्तै खेलको अपेक्षा गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘उनीहरु लडाकु र कडा मेहिनती टोली हुन् र निकै संयोजित छन्  उनीहरु घरमा छन् र पोर्चुगलविरुद्ध उनीहरुले देखाएजस्तै प्रतिबद्धता आजको खेलमा देखाउनेछन् भन्ने मेरो अपेक्षा छ। यदी हामीले जित्यौं भने हामी दोस्रो खेलबाटै दोस्रो चरणमा छनोट हुनेछौं। हाम्रो पहिलो लक्ष्य त्यही हो,’ उनले भने।

पछिल्लो ५ खेलमा फ्रान्सले कुनै गोल नखाई जित हासिल गरेको छ। आफ्नो क्लिन सिटलाई छैटौं खेलसम्म लम्ब्याउने पक्षमा फ्रान्स हुनेछ। घरेलु समर्थकको सद्भावले बुडापेस्टमा फ्रान्सविरुद्ध भिड्नका लागि हंगेरीलाई हौसला भने दिनेछ। 

हंगेरीका प्रशिक्षक मार्को रोसीले विश्वकप च्याम्पियन टिमसँग खेल्नु ठूलो प्रेरणा हुने बताए। उनले फ्रान्स फेभरेट रहेको र एमबाप्पे जस्ता खेलाडी रहेको बताए। उनले लगभग असम्भव जस्तै काम रहेको तैपनि आफ्नो उत्कृष्ट दिने बताए।

Xtrem

Xtrem

‘हाम्रा लागि यो ठूलो प्रेरणा हो। हामी विश्व च्याम्पियनको कुरा गरिरहेका छौं। जो स्पष्ट दाबेदार हो र जोसँग यो दुनियाँबाहिरका एमबाप्पे छन्। हामी झन्डै असंभव कार्य पछाडि उभिएका छौं, तरपनि हामी आफ्नो तर्फबाट सबै दिन गइरहेका छौं,’ उनले भने। 

जर्मनी भर्सेस पोर्चुगल

आजको दोस्रो खेल समूह ‘एफ’ अन्तर्गत पोर्चुगल र जर्मनीबीच म्युनिखमा राति ९:४५ बजे खेल हुनेछ। साविक विजेता पोर्चुगलले पहिलो खेलमा हंगेरीलाई ३–० गोलले पराजित गरेको थियो भने जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो।

हंगेरीसँगको खेलमा ८४ मिनेटसम्म गोल गर्न नसकेको पोर्चुगलले त्यसपछि ३ गोल गर्दा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।  उनले यही खेलमार्फत युरोको इतिहासमै सर्वाधिक धेरै ११ गोल गर्ने किर्तिमान लेखाए।  

जर्मनी भने आफैंले गरेको गोलमा पराजित बनेको थियो। जर्मनीलाई फ्रान्सले म्युनिखमा भने निकै दबाबमा राखेको थियो। तर, म्याट हमेल्सले घरेलु मैदानमै आत्मघाती गोल गर्दा फ्रान्स विजयी भएको थियो।

पोर्चुगलको दोस्रो चरणको यात्रा सुनिश्चित गर्नेछ, तर, जर्मनीविरुद्ध उसैको घरेलु मैदानमा जित निकाल्न डिफेन्डिङ च्याम्पियनलाई सहज हुनेछैन। यता, हंगेरीविरुद्धको ३–० को विजयले पोर्चुगललाई अवश्य आत्मविश्वासी बनाएको छ। 

पहिलो खेलमा जित हात पारेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने लक्ष्यमा। पहिलो खेलमा पराजित भएको जर्मनीका लागि आजको खेलमा जित निकाल्नु पर्ने दबाब छ।

सर्वाधिक ३ पटकको युरो विजेता जर्मनी पोर्चुगलसँग पराजित भएमा लगातार दोस्रो पटक ठूलो प्रतियोगिताको समूह चरणबाटै बाहिरिने खतरामा पुग्नेछ।

जर्मन प्रशिक्षक जोआचिम लोका लागि पोर्चुगल नौलो प्रतिद्वन्द्वी होइन। उनी कुनै समय जर्मनीको सहायक प्रशिक्षक थिए। त्यतिबेलादेखि अहिलेसम्म आइपुग्दा उनी  ठूला प्रतियोगितामा पोर्चुगलसँग पाँचौपटक भिड्दैछन्। 

लोको नेतृत्वमा ठूला प्रतियोगितामा पछिल्ला तीन भिडन्तमध्ये जर्मनीले तीनवटै खेल जितेको छ। जर्मनीले युरो २००८ मा ३–२, युरो २०१२ मा १–० र विश्वकप २०१४ मा ४–० ले पोर्चुगललाई हराएको छ। 

यद्यपी, समग्र इतिहास पोर्चुगलका पक्षमा छ। जर्मनीले पोर्चुगलसँग खेलेका पछिल्ला चारै खेलमा जित हात परेको छ। दुई टिमबीच समग्रमा भएका १८ प्रतिस्पर्धमा जर्मनीले १० जित हात पारेको छ भने पाँच खेल बराबरीमा सकिएका छन्। ३ खेलमा मात्र पोर्चुगलले जित हात पारेको छ। 

पछिल्ला ६ खेलको नतिजा हेर्ने हो भने पोर्चुगलको लय राम्रो छ। उसले ६ मध्ये ४ खेल जितेको छ र २ खेल बराबरी गरेको छ। यता,जर्मनीले ६ खेलमा ३ जित हासिल गरेको छ, २ खेल हारेको छ र १ खेल बराबरी गरेको छ। 

पोर्चुगल र जर्मनी दुबैमा एक से एक स्टार छन्। रोनाल्डोसहित पेपे, डिएगो जोटा, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, रोनाल्डो, जोआ फेलिक्सजस्ता स्टार पोर्चुगलमा छन् भने जर्मनीमा म्यानुअल निउर, म्यान हमेल्स, इल्के गुन्डोगान, टोनी क्रस, थोमस मुलर, सर्जी जनाब्री, काई हार्भट्चजस्ता स्टार छन्। 

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले जर्मनीसँग आफूहरु नडराउने बताएका छन्। ‘ म जर्मनीसँग तर्सिएको छैन। मलाई लाग्छ, दुबै टिमले एकअर्कालाई सम्मान गर्नेछन्। किनकी, खेलको निर्णय गर्न सक्षम दस्ता दुबैतर्फ छन्,’ सान्तोसले भने।

उनले जर्मनीमै गएर जर्मनीविरुद्ध खेल्दा पोर्चुगललाई फेभरेट मान्नु लाइन क्रस गर्नु भएको बताए। यदि खेलाडी त्यो अवस्थामा गए आफूहरुले बराबरी समेत गर्न नसक्ने बताए।

‘जर्मनीविरुद्ध उसैको घरेलु मैदानमा खेल्दा पोर्चुगलले आफूलाई दाबेदार ठान्नु भनेको लाईन क्रस गर्नु हो। यदी खेलाडीले यस्तो सोचे भने मैले बराबरी नतिजा पनि निकाल्न सक्दिँन,’ उनले भने। 

उता जर्मनीका प्रशिक्षक योकिम लो भने पोर्चुगलसँग खेल्नुअघि निकै सचेत छन्। उनले पोर्चुगलसँग रोनाल्डो बाहेक अट्याकमा अरु खेलाडी समेत रहेको र ठूला खेल जित्न सक्षम रहेको बताएका छन्।

‘पोर्चुगलसँग अट्याकमा रोनाल्डो मात्र छैनन्,  ४–५ जना क्षमतावान् खेलाडी छन्। उनीहरु आफैं यस्तो ठूला खेलको निर्णय लिन सक्छन्। उनीहरु प्राविधिक रुपमा बलियो छन्। उनीहरुलाई किनारामा राख्न कठिन छ किनकि उनीहरुबाट बल खोस्न कठिन छ।’

दुवै टोली पहिलो जितको खोजीमा

तेस्रो खेलमा राति १२:४५ बजे समूह ‘ई’ को खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। सेभियामा हुने खेलमा तीन पटकको विजेता स्पेन यस संस्करणमा पहिलो जितको खोजीमा हुनेछ।

पहिलो खेलमा स्पेनलाई स्विडेनले बराबरीमा रोकेको थियो। यस्तै,  पोल्याण्डले स्लोभाकियालाई नतिजा सुम्पिएको थियो। यसअघि समूहको खेलमा स्विडेनले स्लोभाकियालाई हराउँदै ४ अंक जोडेको थियो। स्पेनको एक अंक छ भने पोल्याण्ड अंकविहीन छ।

स्पेन र पोल्याण्ड ठूलो प्रतियोगितामा पहिलो पटक खेल्न लागेका हुन्। अहिलेसम्म १० भेटमा स्पेनले १० खेल जितेको छ भने एक खेल पोल्याण्डले जितेको थियो। एक खेल बराबरीमा सकिएको थियो।

स्पेनले पछिल्ला तीन ठूला प्रतियोगितामा क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन। त्यसैले यसपटक स्पेनलाई सोही दवाव पनि रहेको छ।प्रशिक्षक लुइस एनरिकले टोलीका अनुभवी कप्तान सर्जियो रामोसलाई फिटनेसको कारण देखाउँदै टोली बाहिर राखेका छन्। 

स्पेनको टिममा नयाँ युवा खेलाडीले बाहुल्याता छ। जर्मनीजस्तो बलियो टोलीविरुद्ध नेसन्स लिगमा ह्याट्रिक पुरा गरेका फेरान टोरेस यही नयाँ पुस्तामा उदाएका छन्। 

टोलीसँग अल्भारो मोराटा, जेरार्ड मोरेनो, पेड्री, रोड्री, मार्कोस लोरेन्टे, जोडी अल्वा, पाउ टोरेस, एमेरिक लापोर्टा, सिसर एज्पिलिक्वेटा र गोलरक्षक युनाई सिमोन रहनेछन्। यस्तै, एरिक गार्सिया, थियागो अलकान्तरा, कोकी, ड्यानियल ओल्मो, पाब्लो साराविया, एडमा ट्राओरे र मिकेल ओयरजावाल पनि टोलीमा रहेका छन्।

नेशन्स लिगमा युक्रेनसँग १–० ले स्तब्ध भएको स्पेन त्यसयता युरोकप अघिको अन्तिम अभ्यास खेल स्पेन यु–२१ र लिथुआनियासहित ८ खेलमा अपराजित छ। यही बीचमा स्पेनले जर्मनीमाथि ६–० को सानदार जित हात पारेको थियो।

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सहपाइलटको आक्रमणमा इरानको संलग्नता भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
सहपाइलटको आक्रमणमा इरानको संलग्नता भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी शुक्रबार, असोज १६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज १६, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम शुक्रबार, असोज १६, २०८३
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम शुक्रबार, असोज १६, २०८३
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्