काठमाडौं- जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ। शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले पराजित गरेको हो।
अर्जेन्टिनाका लागि मेस्सीको पासमा खेलको १३ औं मिनेटमा गुइडो रोड्रिगेजले गरेको गोल नै निर्णायक बन्यो । यसअघि भएको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
दुई खेल खेलेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ। उसले २ खेलबाट चार अंक बटुलेको छ भने दोस्रो स्थानमा समान अंकसहित चिली रहेको छ।
पाराग्वे र उरुग्वे समान १/१ खेल खेलेका छन्। पाराग्वे ३ अंकसहित तेस्रो स्थानमा रहँदा उरुग्वे अंकविहीन छ। समूहको पाँचौ स्थानमा बोलिभिया छ। उसले दुई खेलमा हार व्यहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।