काठमाडाैं- १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणकाे दाेस्राे खेलमा क्रोएसिया र चेक रिपब्लिकले बराबरी खेलेका छन्।
ग्लास्गोस्थित हाम्पडेन पार्कमा शुक्रबार राति भएकाे खेलमा चेकले पहिलो हाफको अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकिएकाे हाे।
खेलकाे चौथो मिनेटमा टोमस सुचेकको हेडर पोस्टभन्दा थोरै माथिबाट गएको थियो। १८औं मिनेटमा भ्लादिमिर सौफालको लो क्रसमा प्याट्रिक सिकले ६ यार्ड बक्सभित्रबाट गरेकाे प्रहार क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले सहजै बचाए।
२३औं मिनेटमा छोटो कर्नरपछि कप्तान लुका मोड्रीचले दिएको पासमा इभान पेरिसिचको प्रहार सिधै गोलरक्षक टोमस भाच्लिकको हातमा पुगेको थियो।
३७औं मिनेटमा चेकले अग्रता बनायाे। पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डेजान लोभ्रनले फल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइएको थियो। प्याट्रिकले गरेकाे प्रहार लिभाकोभिचले ठम्याउन सकेनन्।
दोस्रो हाफको सुरुवातमा नै क्रोएसियाले बराबरी गोल फर्कायो। पेरिसिचले गरेको प्रहारगोलमा परिणत भएको थियो। क्रोएसियाका लागि क्रामारीचको पासमा पेरिसिचले गोल गरेका थिए।
७२औं मिनेटमा वैकल्पिक खलाडी निकोला भ्लासिचले भार्दिओलको क्रसलाई ऊस्त्कोले पाेस्टकाे दिशा दिन सकेनन्। ८८औं मिनेटमा ब्रुनो पेत्कोभिचले पेरिसिचको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार चेकका डिफेन्डर टोमस कालासलाई लाग्दै बाहिर गएकाे थियाे।
बराबरीसँगै चेक समूह डीको शीर्षस्थानमा उक्लिएकाे छ। चेकले २ खेल खेल्दै ४ अंक जोडेको छ। ३ अंक जोडेको इंग्ल्याण्ड दाेस्राे स्थानमा छन्।
क्रोएसिया १ अंकका साथ तेस्रो स्थानमा छ। स्कटल्याण्ड अंकविहिन छ। पहिलो खेलमा क्रोएसिया इंग्ल्याण्डसँग १–० गोल अन्तरले पराजित भएको थियो। चेकले पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।