काठमाडाैं- भेट्रान इटालियन गोलकिपर जियानलुजी बुफोन पूर्वक्लब पार्मामा फर्किएका छन्।
४३ वर्षीय बुफोनले गत सिजन सिरी ‘ए’ बाट रेलिगेसनमा परेको पार्मासँग दुई वर्षको सम्झौता गरेका हुन्।
बुफोनले गत सिजनको अन्तिममा युभेन्ट्स छाडेका थिए। सिरी ‘ए’ मा उनले सर्वाधिक ६५६ खेल खेलेका छन्। गत सिजन उनले युभेन्ट्सका लागि १४ खेल खेलेका थिए।
बुफोनले सन् १९९५ मा १७ वर्षको उमेरमा पार्माबाट क्लब फुटबल शुरु गरेका थिए। ६ वर्ष बिताएर उनी २००१ मा युभेन्ट्समा अनुबन्ध भएका थिए। त्यतिबेला उनी २३।३ मिलियन पाउण्डमा अनुबन्धन भएका थिए। गोलकिपरको लागि खर्चेको योरकम कीर्तिमानी त्यो बेला कीर्तिमानी थियो।
बुफोन २०१८ मा युभेन्ट्स छाड्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए। उनले एक सिजन बिताउँदा फ्रेन्च उपाधि जितेका थिए। त्यसपछि २०१९ मा पुन: उनी युभेन्टस फर्किए।
पार्माका अध्यक्ष काल क्रउसले २० वर्षपछि बुफोनलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन्। उनले यसलाई विशेष क्षण भनेका छन्।
२००६ मा फिफा विश्वकप जितेको इटली टिमको सदस्य बुफोनले राष्ट्रिय टिमबाट १७६ खेल खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।