काठमाडौं- अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिताका आफ्नो दोस्रो खेलमा उरुग्वेसँग प्रतिस्पर्धा गर्दैछ।
समूह ‘ए’ अन्तर्गतको यो खेल शनिबार विहान ५:४५ बजे सुरू हुनेछ।
पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको थियो। उरुग्वेको भने यो पहिलो खेल हो।
अर्जेन्टिना पहिलो खेलमा चिलीले १-१ गोलको बराबरीमा रोकेको थियो। खेलमा लिओनल मेसीले अग्रता दिलाए पनि चिलीका इडुआर्डो जिसस भार्गास रोजासले बराबरी गोल फर्काएका थिए।
त्यसअघि शनिबार बिहान २:४५ बजे पाराग्वे र चिलीबीच खेल हुनेछ। पाराग्वेले पहिलो खेलमा बोलिभियामाथि ३-१ को जित हात पारेको थियो।
पाराग्वेका एन्जल रोमेरोले दुई गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।