काठमाडौं- "द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन" ले बाढीबाट प्रभावित बनेका मेलम्चीका स्थानीयलाई खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरेको छ।
करिब एघार लाख रकम बराबरको खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु स्थानीयबासीलाई हस्तान्तरण गरेको अभियानका संयोजक तथा द बर्गर हाउसका संस्थापक वसन्त लामाले जानकारी दिए।
लामाको नेतृत्वमा ३०० बोरा चामाल,७० वटा ग्यास, २०० किलोग्राम नुन, २०० लिटर खाने तेल लगाएत विभिन्न खाद्यान्न सामाग्री तथा माक्स, सेनिटाइजर, फेस सिल्ड,पन्जा जस्ता स्वास्थ्य सामाग्री लगिएको छ। सफल युवा व्यवसायी तथा समाजसेवी लामाले यसअघि पनि विभिन्न समस्या र अफ्ठ्यारोमा परेका धेरै व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गर्दै आएका छन्।

अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा गएको बाढी पहिरोले ठूलो भौतिक र मानवीय क्षति पुगेको छ। मेलम्ची बजारका साथै हेलम्बु गाउँपालिकाको नदी तटीय क्षेत्र नराम्रोसँग प्रभावित भएको छ।
दोश्रो चरणको करिब ५-६ लाख बराबरको राहत सामग्री सहयोग भोलि नै हेलम्बुमा रहेका पीडितहरुको लागि हस्तान्तरण गर्ने तयारी रहेको पनि संस्थापक लामाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।