जाजरकोट- भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर सम्पर्कविहीन भएका जाजरकोटका सात जना भेटिएका छन्। प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए।
मंगलबारदेखि हराइरहेका कुशे गाउँपालिका-८ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का कृष्ण रोकाय शुक्रबार बिहान भटिएको डिएसपी थापाले बताए।
खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी घर पुर्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।