काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँका अवसरमा आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री देउवाले टिका ग्रहण गरिरहेको तस्बिर श्रीमती आरजु राण देउवाले आफ्नो मोबाइलमा कैद गरेकी छिन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उनले टीका ग्रहण गरेका हुन्।
गुरुको हातबाट टिका ग्रहण गरेपछि प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गरेका थिए। दिउँसो २ बजे राष्ट्रपति भण्डारीको हातबाट टीका ग्रहण गरेपछि प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिएका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।