काठमाडौं– कोपा अमेरिकाअन्तर्गत आज बिहान सम्पन्न खेलमा कोलम्बिया भेनेजुएलासँग बराबरीमा रोकिएको छ। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह ’ए’ को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका हुन्।
खेल आफ्नो नियन्त्रणमा राख्दै पूरा समय भेनेजुएलामाथि दवाब बनाए पनि कोलम्बियाले गोल गर्न भने सकेन। खेलको अन्तिम समयमा कोलम्बियाका लुइस डियाज रेड कार्ड खाँदै बाहिरिएका थिए।
आफ्नो पहिलो खेलमा इक्वेडरमाथि जित हात पारेको कोलम्बियाको २ खेलबाट ४ अंक पुगेको छ भने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ब्राजिलसँग पराजित भेनेजुएलाको १ अंकमात्र छ।
प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।