काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीबाट भएको क्षतिबारे अध्ययन गरी राहत तथा पुनःस्थपनामा सहयोग गर्ने उद्देश्यले ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन गरिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा गठित समितिले तत्काल राहत तथा पुनःस्थपनाका क्षेत्रमा एकद्वार प्रणालीमार्फत काम गर्ने बताइएको छ। समितिले पहिलो चरणमा बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरण गर्ने प्रमुख तामाङले बताए।
सरोकारवाला निकायसँग छलफल गरी तत्काल अवरुद्ध फोन, विद्युत् र सडक सञ्चालनको पहल थालिने तामाङको भनाइ छ।
मेलम्चीभन्दा पनि हेलम्बुका माथिल्लो भेगमा तत्काल राहत आवश्यक रहेको बताउँदै तामाङले सबैभन्दा पहिला सडक विभागसँगको समन्वयमा सडक सञ्चालन गरी राहत उपलब्धगराउने बताए।
हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ भने तटीय क्षेत्रका बस्ती बगरमा परिणत भएका छन्।
मेलम्ची एकै रातको बाढीले बगरमा परिणत गरेको छ। सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।