काठमाडाैं- खेलकै क्रममा हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनको शरीरमा इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आईसीडी) जडान गरिने भएको छ। मुटुको गति नियन्त्रण गर्ने स्वचालित गर्न उक्त यन्त्र जडान गर्न लागिएकाे सीएनएनले जनाएकाे छ।
डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले पटकपटक गरिएको मुटुको परीक्षणपछि एरिक्सनको शरीरमा आईसीडी जोड्न लागिएको जानकारी दिए।
'क्रिस्टियनको मुटुको विभिन्न परीक्षणहरू पार गरिसकेपछि उनलाई आईसीडी (हर्ट स्टार्टर) लगाउने निर्णय गरिएको छ। यो उपकरण मुटुको ताल गडबडीको कारण हृदयघात भएपछि आवश्यक छ,' बोसेनले बिहीबार भने।
शनिबार राति युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए। फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा अचेत भएर मैदानमा ढलेका २९ वर्षीय एरिक्सनलाई तत्कालै मैदानमा कार्डियो पल्मोनरी रिससिटेसन (सीपीआर) दिइएको थियो।
त्यसपछि उनलाई अस्पताल लगिएको थियो। उक्त खेलमा डेनमार्क १-० ले पराजित भएको थियो। तर, अहिले उनीकाे अवस्था ठिक रहेकाे बताइन्छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै एरिक्सनले आफू ठिक रहेको जानकारी दिएका थिए।
'एरिक्सनले समाधान स्वीकारेको छन् र यस योजनाको पुष्टि राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेषज्ञहरु द्वारा गरिएको छ जसले समान उपचारको सिफारिस गर्छन्। हामी सबैजनालाई क्रिस्टियन र उसको परिवारलाई शान्ति र गोपनीयता दिन हौसला दिन्छौं,' बोसेनले भने।
एरिक्सनका पूर्व सहकर्मी तथा डेनमार्कका ३१ वर्षीय डेली ब्लाइन्डले समेत २०१९ मा आईसीडी जडान गरेका थिए। नेदरल्याण्ड्स तथा अयाक्समा डिफेण्डर ब्लाइन्ड २०२० फेब्रुअरीमा मैदान फर्केका थिए।
ब्लाइण्ड हाल युरोकप मा नेदरल्याण्ड्सको टिममा छन्। युक्रेनविरुद्ध पहिलो खेल ३-२ ले जित्दा उनले खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।