काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टाेलीका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन्।
बिहीबार ललितपुर जिल्ला स्वास्थ्य कार्यालयमा विश्वकप तथा एसियन कप छनोट खेलेर नेपाल फर्किएका खेलाडीले खोप लगाएका हुन्।
खेलाडीसँगै अफिसियलले पनि काेराेनाविरुद्धकाे खोप लगाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
विश्वकप छनोट खेलेर नेपाली टाेली आइतबार राति कुवेतबाट स्वदेश फर्किएका थिए।
विश्वकप तथा एसियन कप छनोटमा नेपालले चाइनिज ताइपेइ, जोर्डन र अष्ट्रेलियाको सामना गरेका थिए।
छनोटको समूह 'बी'मा रहेको नेपालले ताइपेइलाई २–० गोल अन्तरले पराजित गरेका थियो। यस्तै, जोर्डन र अष्ट्रेलियासँग समान ३–० गोल अन्तरले पराजित भएको थियो।
नेपालले ८ खेलमा ६ अंक जोड्यो। नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।