काठमाडौं– अभिनेत्री केकी अधिकारी निर्मित फिल्म ‘कोहलपुर एक्सप्रेस’ अब अस्ट्रेलियामा पनि प्रदर्शनमा आउने भएको छ। अष्ट्रेलियाका लागि राइट एण्ड एसोसियट्स एजुकेसनल कन्सल्टेन्सीले फिल्म प्रदर्शनको जिम्मा लिएको छ।
विशाल भण्डारी निर्देशित ‘कमेडी जनरा’को फिल्मको मंगलबार एक पत्रकार सम्मेलन गरि अष्ट्रेलिया प्रर्दशनबारे जानकारी गराएको हो। कार्यक्रममा अभिनेत्री तथा निर्मात्री अधिकारी, निर्देशक भण्डारी तथा अष्ट्रेलिया प्रदर्शनको जिम्मा लिएको कन्सल्टेन्सीका पीआर अधिकारीलगायतको उपस्थिति रहेको थियो।
यस कन्सल्टेन्सीले यसअघि केकी अभिनित फिल्म ‘लभसासा’लाई पनि अष्ट्रेलियामा प्रर्दशनमा ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।