काठमाडौं–जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (बिहीबार) तीन खेल हुँदै छन्। आज समूह चरणअन्तर्गत समूह ‘सी’ को दुई तथा समूह ’बी’ को एक खेल हुँदै छ।
आजको पहिलो खेलमा युक्रेनले नर्थ म्यासेडोनियासँग खेल्नेछ। यी दुईबीचको खेल नेपाली समयअनुसर साँझ ६ः४५ बजे सुरु हुनेछ।पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित युक्रेन जित निकाल्ने योजनामा छ।
यता नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ। नर्थ म्यासेडोनिया आफ्नो पहिलो खेलमा अष्ट्रियासँग पराजित भएको थियो।
आज हुने दोस्रो खेलमा डेनमार्कले बेल्जियमको सामाना गर्दै छ। समूह ‘बी’ मा रहेको बेल्जियम र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।
आज खेलमा जित निकाल्दै बेल्जियम अघिल्लो चरणमा पुग्ने दाउमा छ। आफ्नो पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो।
पहिलो खेलमा फिनल्याण्डसँग १–० ले पराजित भएको डेनमार्क भने जितको लक्ष्यसाथ मैदानमा उत्रँदै छ। राति १२ः४५ बजे सुरु हुने आजको तेस्रो खेलमा नेदरल्यान्ड्सले अष्ट्रियाको समाना गर्दै छ।समूह ’सी’ को यो खेलमा रहेका नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ।
नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई पराजित गरेको थियो। पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हराएको अष्ट्रिया पनि जितको लक्ष्यसाथ मैदानमा उत्रँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।