काठमाडाैं– ब्राजिलियन लेफ्ट ब्याक मार्सेलो रियल मड्रिडको तेस्राे विदेशी कप्तान बन्ने भएका छन्।
सर्वाधिक सफल कप्तान सेन्टरब्याक सर्जियो रामोसले क्लब छाड्ने निर्णय गरेसँगै उनी कप्तान बन्न लागेका हुन्। सन् १९०४ मा ग्वाटेमालाका फेडरिको रिभुइल्टो रियलको पहिलो विदेशी कप्तान बनेका थिए।
१९४४ मा मेक्सिकोका जोस रमन साउटो रियलको इतिहासमा दोस्रो विदेशी कप्तान बनेका थिए। त्यसयता स्पेनकै खेलाडीहरुले रियलको कप्तानी सम्हाल्दै आएका थिए।
रामोसले रियलमा १६ वर्षे करियरबाट बिदा लिने निर्णय गरेसँगै यसअघि उपकप्तान रहेका मार्सेलोलाई रियलको कप्तानी गर्ने जिम्मेवारी काँधमा आएको हो।
मार्सेलो रियलको २८औं कप्तान हुनेछन्। मार्सेलोले रियलमा १५ सिजन बिताइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।