काठमाडाैं- कप्तानसमेत रहेका डिफेन्डर सर्जियो रामोसले रियल मड्रिड छाड्ने पक्का भएकाे छ।
नयाँ प्रस्तावलाई अस्वीकार गर्दै रियलसँगको १६ वर्षे यात्रामा पूर्णविराम लगाउने उनले निर्णय गरेका हुन्। उनले सम्झाैता समाप्त हुनुभन्दा दुई हप्ता अगाडी नै क्लब छाड्न लागेकाे मार्काले जनाएकाे छ।
बिहीबार १२:३० बजे (स्थानिय समयअनुसार) उनी पत्रकार सम्मेलनमा उपस्थिति हुनेछन्। त्यसपछि उनलाई रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र क्लबका अन्य सदस्यहरुले विदाई गर्नेछन्।
'भोली बिहीबार कप्तान सर्जियो रामोसकाे विदाई कार्यक्रम आयोजना गरिने छ। जसमा हाम्रो अध्यक्ष फ्लोरेन्टिनो पेरेज सहभागी हुनेछन्,' क्लबकाे विज्ञप्तिमा भनिएको छ।
रामोससँगकाे सम्झैता ३० जूनमा सकिँदै छ। त्यस अगाडी उनी रियलकाे प्रशिक्षण केन्द्र सियुदाद डेपोर्टिभामा उपस्थित हुने मार्काले जनाएकाे छ। उनकाे सम्झैता सकिँदै लाग्दा नविकरणकाे लागि रियलले कुनै चासाे देखाएकाे छैन।
यद्यपि, काेराेना महामारीकाे कारण आर्थिक घाटा बेहाेरेकाे रियलले करिब एक महिना अगाडी एक वर्षको तलबमा १० प्रतिशत घटाउने गरि सम्झौताको प्रस्ताव राखेकाे थियाे। यद्यपि, बार्षिक तलब र अवधिमा कुरा नमिल्दा उनले रियल नबस्ने घाेषणा गरिसकेका थिए।
आर्थिक घाटा बेहाेरेकाे रियलले आफ्ना सबै खेलाडीको तलबमा केही प्रतिशत कटाैती गरेकाे छ। त्यसैले रामोसलाई पनि कटौतीको तलब लिन आग्रह गरेको थियो।
रामोसले रियलमा रहँदा ४ च्याम्पियन्स लिग र ५ ला लिगासहित जम्मा २२ उपाधि जितिसकेका छन्। उनले रियलका लागि १६ सिजनमा ६ सय ७१ खेल खेल्दै १ सय १ गोल गरेका थिए ।
त्यस्तै, राष्ट्रिय टोली स्पेनका लागि १ विश्वकप तथा २ युरोकप उपाधि जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।