काठमाडाैं- युरोपियन फुटबल महासंघ (युईएफए)ले अष्ट्रियाका फरवार्ड मार्को अर्नाउटोभिचलाई एक खेलमा प्रतिबन्ध लगाएकाे छ।
गोल गरेर खुसीयाली मनाउने क्रममा विपक्षी खेलाडीलाई लक्षित गरेपछि युराेकपकाे एक खेलमा प्रतिबन्ध लगाइएकाे हाे।
अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले पराजित गरेको खेलमा अर्नाउटोभिचले खेलको ८८ औं मिनेटमा गोल गरेका थिए।
गोलको खुसी मनाएपछि कप्तान डेविड अलाबाले उनलाई राेकेका थिए। अर्नाउटोभिचले विपक्षी खेलाडी एग्जान एलिओसकीलाई लक्षित गरेको टोलीको आरोप छ।
उनले अब नेदरल्यान्ड्सविरुद्ध खेल गुमाउने छन्। अर्नाउटोभिचले खेलपछि सामाजिक संजालमार्फत माफी मागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।