काठमाडाैं- इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ।
प्रिमियर लिगले बुधबार सन् २०२१/२२ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो। लिगको नयाँ सिजन अगस्ट १४ बाट शुरु हुनेछ।
सार्वजनिक खेल तालिका अनुसार पहिलो दिन १० खेलहरु हुनेछ। साविक विजेता म्यानचेस्टर सिटीले टोटेनहमसँग उसैको मैदानमा खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।
यस्तै, म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ। चेल्सीले घरेलु मैदानमा पहिलो खेलमा क्रिस्टल प्यालेससँग खेल्नेछ। लिभरपुल भने नर्विच सिटीको मैदानमा खेल्ने छ।
आर्सनलले नवप्रवेशी ब्रेन्टफोर्डसँग खेल्ने छ। यता, लेष्टर सिटीले उल्भ्ससँग खेल्नेछ।
एभर्टनले साउथह्याम्पटनसँग, बर्नलीले ब्राइटन, न्युकासलले वेस्ट ह्याम र वाट्फोर्डले एस्टन भिल्लासँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।