काठमाडौं- भीमबाहादुर गुरुङले तेन्जिङ हिलारी एभरेस्ट म्याराथन २०१८ को पुरुषतर्फको उपाधि जितेका छन्। आज सगरमाथा क्षेत्रमा भएको म्याराथनमा उनले निर्धारित दूरी ४ घण्टा ०२ मिनेट ३० सेकेन्डमा पार गर्दै दोस्रो पटक उपाधि जितेका हन्। यसअघि उनले सन् २०१५ मा पनि उपाधि जितेका थिए।
गत संस्करणको विजेता सुमन कुलुङ दोस्रो हुँदा वेदबाहादुर सुनुवार तेस्रो भए। सुमनले ४ घन्टा ६ मिनेट १० सेकेन्ड तथा वेदले ४ घन्टा २८ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरा पार गरे। सुनुवार २०१६ का विजेता हुन्।
तिर्थ तामाङले ६० किलोमिनट एभरेस्ट अल्ट्रा रनमा प्रथम स्थान हासिल गरे। उनले ६ घन्टा ५६ मिनेट १३ सेकेन्डमा दौड पूरा गरे। किरण कुलुङले ७ घण्टा ४१ मिनेट ०८ सेकेन्डमा दौडिएर दोस्रो तथा मोहन देव जोशीले ८ घण्टा ३४ मिनेट ३१ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए। तीर्थले उपाधि ह्याट्रिक गरेका हुन।

महिला क्याटागोरीको म्याराथनमा पुर्णिमा राईले ५ घन्टा २० मिनेट ५६ सेकेन्डमा निर्धारित दूरी पार गरेर पहिलो, निरकला राईले ५ घन्टा २७ मिनेट २२ सकेन्डमा दौडिएर दोस्रो र पदमकुमार राईले ५ घन्टा ५२ मिनेट २१ सेकेन्डमा दौडिएर तेस्रो स्थान हासिल गरे।
१५औं संस्करणको प्रतियोगिता एभरेस्ट बेस क्याममा विहान ७ बजे सुरु भएको थियो। दौडको रुट गोराकशेप, लोबुचे, डोक्ला, डिङबोचे र तेन्बोचे हुँदै नाम्चे बजारमा आएर सकिएको थियो। प्रतियोगितामा ३१ देशका २ सय धावक सहभगी थिए। जस मध्ये १ सय ३९ धावक विदेशी थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।