• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

फोहोरले अस्तव्यस्त राजविराज, डम्पिङ साइट नहुँदा व्यवस्थापनमा समस्या

64x64
नेपाल लाइभ बुधबार, जेठ १६, २०७५  ०१:१५
1140x725

राजविराज– राजविराज नगरपालिकाले ८ वर्षदेखि प्रत्येक नगर परिषदमा डम्पिङ साइटको व्यवस्था गर्ने कुरा उठाउँदै आएको छ। तर, अझैसम्म कार्यान्वयन नहुँदा नगरक्षेत्रको फोहोर व्यवस्थापन चुनौती बनेको छ।

बजारक्षेत्रका ठाउँ–ठाउँमा थुपारिएको फोहोर २/३ दिनसम्म पनि नउठ्दा नगर क्षेत्र दुर्गन्धित बनेको छ। फोहोर फाल्ने ठाउँ अभावका कारण होटल, तरकारी लगायत अन्य पसलको फोहोर सडकमै थुप्रिएर बस्ने गरेको छ। 

‘जम्मा भएको फोहोर नगरपालिकाले समयमा उठाउँदैन’, स्थानीय व्यवसायी शिवनारायण साहले भने, ‘पसल अगाडि चारैतिरबाट ल्याएर थुपारेको फोहोरका कारण दुर्गन्ध सहेर बस्नुपरेको छ।’

यस्तै भनाइ छ, विद्यार्थी पुस्तक पसलका प्रोप्राइटर मो. सकिलको पनि। नगरपालिकाले समयमा फोहोर नउठाउँदा नगरवासी फोहोरबाट आक्रान्त बन्नुपरेको उनले बताए। 

‘थुपारिएको फोहोर नउठ्दा सुँगुर र अन्य चौपायाले छरेर असरल्ल हुने गरेको छ’, उनले भने, ‘कुन बेला महामारी फैलिने हो भन्ने त्रास छ।’

नगरपालिकाका सूचना अधिकारी प्रफुल्ल श्रेष्ठका अनुसार, आर्थिक वर्ष २०६६/०६७ देखि हरेक नगरपरिषदले फोहार विसर्जनका लागि डम्पिङ साइटको व्यवस्था गर्ने निर्णय गर्दै आएको छ। 

‘प्रत्येक नगर परिषदमा डम्पिङ साइटबारे निर्णय चाहिँ हुन्छ’ उनले भने, ‘तर कार्यान्वयन गर्ने बेलामा अन्य विषय प्राथमिकतामा परेर यो विषय उपेक्षामा पर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

फोहोर सँगसँगै छाडा चौपाया नियन्त्रण हुन नसक्दा अझ समस्या बढेको नागरिक सञ्जालका अध्यक्ष सुखराम यादव बताउँछन्। राजविराज नगरपालिकाको मेयरका प्रत्यासी समेत रहेका यादवले भने, ‘फोहोरमैला व्यवस्थापन र सुँगुर लगायतका छाडा पशु नियन्त्रणको विषय नगरपालिकाको प्राथमिकतामा पर्नु आवश्यक छ।’

राजविराजमा फोहोरको डंगुर तथा सुँगुर लगायतका छाडा पशु-चौपायाको आतंक र डम्पिङ साइटको अभाव नौलो विषय भने होइन। यो समस्याबाट वर्षौंदेखि राजविराजवासी आक्रान्त बन्दै आएका छन्। फोहोर र छाडा सुँगुरकै कारण फैलिएको जापानिज इन्सेफ्लाइटिसले २०५३ सालमा तत्कालीन राजविराज–९ तेतरीगाछीका एक बालकको मृत्यु भएको थियो।

जापानिज इन्सेफ्लाइटिस फैलाउने लामखुट्टे फोहोर र सुँगुरबाटै आउने भएकाले नगरमा फेरि यस्ता घटना नहोलान् भन्न सक्ने अवस्था छैन। राजविराज हटियाका व्यापारी सौकात अलि भन्छन्, ‘यति हुँदा पनि नगरपालिका फोहोर व्यवस्थापनमा किन चुप लागेर बसेको छ, बुझिसक्नु छैन।’

अव्यवस्थित फोहोर एवम् छाडा सुँगुर नियन्त्रणबारे पुनरावेदन अदालत राजविराजले राजविराज नगरपालिकालाई अन्तरिम आदेश समेत जारी गरेको छ। पुनरावेदन अदालतका निमित्त मुख्य न्यायाधीश कुमार चुडाल तथा न्यायाधीश उमेशकुमार सिंहको संयुक्त इजलासले सो आदेश गरेको थियो। 

Xtrem

Xtrem

अधिवक्ता कौशल किशोर दत्तले फोहोर र छाडा सुँगुरको कारण राजविराज नगरपालिकामा जापानिज इन्सेफ्लाइटिस रोगले बालकको मृत्यु भएको अवस्था देखाउँदै दिएको निवेदन उपर अदालतले सो आदेश गरेको हो। आदेशमा सुँगुरबाट इन्सेफ्लाइटिस रोगको संक्रमण हुने भएकाले र यसले महामारी समेत ल्याउन सक्ने भएकाले छाडा सुँगुर एवम् गाईबस्तुहरु निश्चित तोकिएको क्षेत्र, घर वा काञ्जीहाउसमा राखी नियन्त्रणमा लिई सचेत गराउनु एवं आवश्यकता अनुसार सम्बन्धित धनीलाई प्रचलित कानुन बमोजिम दण्ड दिने प्रक्रिया अवलम्बन गर्न/गराउन भनिएको छ।

त्यस्तै, राजविराज नगरपालिका एक्लैले उक्त कार्य गर्न नसक्ने र शान्ति सुरक्षा समेतको आवश्यकता पर्ने भएकाले ती कार्यसम्पादन गर्न नगरपालिकासँग समन्वय गरी आवश्यक प्रहरी एवं सुरक्षाकर्मी तोकिएका स्थानमा परिचालन गर्न गराउन जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई समेत निर्देशन दिने आदेशमा उल्लेख छ।

नगर क्षेत्रमा दैनिक १० टनभन्दा बढी फोहोर, फाल्ने ठाउँको अभाव

राजविराज नगरपालिका नेपालकै पहिलो टाउन प्लानिङ शहर हो, तर फोहोर र दुर्गन्धका कारण अस्तव्यस्त भएपछि स्थानीयवासी चिन्तित छन्। राजविराज नगरपालिकाले सरसफाइकै लागि हरेक वर्ष करिब २५ लाख रुपैयाँ खर्च गर्ने गरेको छ। तर, फोहोर व्यवस्थापनको अवस्था भने दिनप्रतिदिन भयावह बन्दै गएको उनीहरु बताउँछन्। कार्यालयको सरसफाइ फाँटका कर्मचारीका अनुसार, नगरक्षेत्रभित्र दैनिक १० देखि १२ टन फोहोर निस्किने गरेको छ। जसमध्ये मुस्किलले ८ टन फोहोर व्यवस्थापन भए पनि बाँकी फोहोर उठाउनै नसकेको उनीहरु बताउँछन्।

फोहोर फाल्ने व्यवस्थित ठाउँ नहुँदा समस्या भएको हो। अहिले नगरक्षेत्रको फोहोर महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको छेउछाउ, वडा नम्बर ४ को खाली ठाउँ तथा दिघवाको आसपासका खाली स्थानमा फाल्ने गरिएको छ। कर्मचारीहरु भन्छन्, ‘कहिले यता र कहिले उता गरेर अहिलेसम्म काम चलाइएको छ। तर, अब चाहिँ यसरी चल्ने अवस्था छैन।’

मानव बस्ती नजिकै फोहोर फाल्दा महामारीको खतरा समेत बढेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन्। 

जनशक्ति नहुँदा फोहोर उठाउने गाडी थन्किए

नगरपालिकाले फोहोर व्यवस्थापन तथा अन्य आवश्यक कामका लागि ५ वटा ट्याक्टर, एउटा टिप्पर राखेको छ। तर, टिप्पर बिग्रेर थन्केको छ भने चालक नहुँदा २ वटा ट्याक्टर पनि थन्क्याउनुपरेको सरसफाइ फाँटका कर्मचारीहरु नै बताउँछन्। फोहोर संकलनका लागि आवश्यक जनशक्ति समेत अभाव छ। नयाँ संरचना अनुसार विभिन्न गाविसलाई समेटेर राजविराजको क्षेत्र विस्तार गरिए पनि जनशक्ति थप्ने विषयमा हालसम्म पहल भएको छैन। 

कर्मचारीहरु भन्छन्, ‘४५ जनाले पनि नभ्याउने क्षेत्र छ, तर कर्मचारी चाहिँ २२ जना मात्र छौं। कसरी व्यवस्थापन हुन्छ फोहोर?’

राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले सरसफाइको क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफू प्रयत्नशील रहेको बताए। उनले वडा नम्बर १० स्थित दिघवा टोलमा फोहोर फाल्ने ठाउँका लागि जग्गा टुंगो लागिसकेको भन्दै आगामी आर्थिक वर्षदेखि नै त्यसमा आवश्यक काम सुरु गर्ने बताए।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत सोमबार, असोज १२, २०८३
नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग सोमबार, असोज १२, २०८३
हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्