• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युरोकप : फ्रान्स र जर्मनीको हेभिवेट भिडन्त आज

64x64
नेपाल लाइभ मंगलबार, असार १, २०७८  १६:४५
1140x725

काठमाडौं- १६औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) विश्व विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्स र विश्वकप तथा युरोकपको पूर्वविजेत जर्मनी भिड्दैछन्। एलिएन्ज एरिना म्युनिख जर्मनीमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ।

ग्रुप अफ डेथ मानिएको  समूह  ‘एफ’ मा रहेका दुबै टिम पहिलो खेलमा जित निकाल्ने योजनामा हुनेछन्।  

यो समूहमा फ्रान्सलाई यो सिजनको युरो कप उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ। साविकको उपविजेता फ्रान्स विश्व वरीयतामा दोस्रो स्थानमा छ।

दुई पटकको च्याम्पियन फ्रान्स तेस्रो पटक युरो उपाधि जित्ने योजनामा छ।

सन् २०१६ मा पनि फ्रान्सलाई दाबेदार टोलीको रुपमा हेरिएको थियो। तर, घरेलु मैदानमा फाइनलमा पोर्चुगलसँग पराजित भयो। 

त्यसयता लगातार सुधारिएको प्रदर्शन गर्दै आएको फ्रान्सले विश्वकप जितेको थियो। आफ्नो सोही लयलाई फ्रान्स निरन्तरता दिन चाहन्छ। 

यी दुई टोलीको पछिल्लो ८ खेलको नतिजामा फ्रान्स चार खेलमा विजयी हुँदा जर्मनीले दुई खेल जितेको थियो। दुई खेलभने बराबरीमा सकिएको छ। पछिल्लो पाँच खेलमा फ्रान्स जर्मनीसँग अपराजित छ।

सन् २०१४ को विश्वकपको क्वाटरफाइनलमा फ्रान्स जर्मनीसँग १–० ले पराजित भएको थियो। त्यसयता फ्रान्सले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ। पछिल्लोपटक २०१८ को नेशन्स लिगमा फ्रान्सले २–१ को जित निकालेको थियो।

Ncell 2
Ncell 2

तर, फ्रान्स र जर्मनी युरोकपमा अहिलेसम्म जम्मा १ पटक आमुनेसामुने भएका छन्। २०१६ को सेमिफाइनलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको थियो।

२०१८ मा रुसमा भएको विश्वकप फ्रान्सले जित्दा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। फ्रान्सका मुख्य प्रशिक्षक डिडीएर डेसच्याम्पले यस खेललाई आफूले ठूलो खेलको रुपमा लिएको बताएका छन्।

'यो ठूलो खेल हो। हामी दुबै युरोकपका शीर्ष टिम हौं। दुबैको उदे्दश्य मैदानमा प्रभावकारी खेल्नु हो। त्यसले निर्णय गर्नेछ,' उनले खेल अगाडी भने।

यसपटक सबैको नजर ३३ वर्षीय करिम बेन्जिमाप्रति हुनेछ। उनी साढे पाँच वर्षको लामो निर्वासनपछि फ्रान्सेली टिममा फर्केका छन्। रियल मड्रिडमा पछिल्लो सिजन उनका लागि राम्रो रह्यो। तर, चोटका कारण बेन्जिमाले जर्मनीविरुद्ध खेल्ने सम्भावना न्यून छ।

यस्तै, एन्टोनियो ग्रीजम्यान, केलियन एमबाप्पे जस्ता खेलाडीको साथ फ्रान्सलाई रहेको छ।

यता, मिडफिल्ड एन गोलो कान्टे, पउल पोग्वा, एड्रिओन रावओट जस्ता खेलाडीले सम्हाल्ने छन्। कप्तान ह्युगो लोरिसले गोलपोष्ट सम्हाल्नेछन् भने डिफेन्समा राफेल भरान, बेन्जामिन पाभार्ड, लुकास हर्नान्डेज र प्रेसनेल किम्बेम्पे हुनेछन्। ओलिभर जिरुड फ्रान्सको सर्वाधिक गोलकर्ता बन्ने लक्ष्यमा छन्। 

यता, अनुभवी गोलकिपर मानुएल नोएको कप्तानीमा रहेको जर्मनी पनि युरोकपको उपाधि दाबेदार हो। सबैभन्दा धेरै युरो कप खेल्ने राष्ट्र जर्मनी हो। 

शुरुका तीन संस्करण नखेलेको जर्मनीले सन् १९७२ देखि निरन्तर रुपमा प्रतियोगितामा भाग लिइरहेको छ। जर्मनीले सर्वाधिक ६ पटक फाइनल समेत खेलेको छ। जसमा तीन पटक उपाधि जित्दा तीन पटक उपविजेता बनेको थियो। 

जर्मनीले यसअघि १२औं संस्करण खेलिसकेको छ। यसपटक जर्मनीको १३औं सहभागिता हुनेछ।

अहिलेसम्म जर्मनी (पश्चिम जर्मनीसहित) र स्पेनले सर्वाधिक ३ पटक युरो कपको उपाधि जितेको छ। सन् १९७२ र १९८० मा पश्चिम जर्मनीले उपाधि जितेकाे थियाे। पछि जर्मनी एक भएपछि १९९६ मा उपाधि जितेकाे थियाे। 

सन् २०१४ को विश्वकप विजेता जर्मनी फिफा वरीयतामा १२औं स्थानमा छ। जर्मनी २०१६ को युरोमा सेमिफाइनलमै पराजित भएको थियो। यस्तै, २०१८ काे विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। 

छनोट चरणमा जर्मनी समूह 'सी' मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको थियो। जर्मनीलाई पुनरागमनका लागि यो युरो कप महत्वपूर्ण सक्छ।

थोमस मुलर र माट हुमेल्सले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। उनीहरु २ वर्षदेखि टाेली बाहिर थिए। प्रशिक्षक जोचिम लोलेको टाेलीमा टिमो वेर्नर, काइ हाभेर्ज, लरे साने, जोसुअ किम्मिक जस्ता खेलाडी छन्। 

यस्तै, सर्ज जिनाब्री, लरेस साने, जोसुअ किम्मीक जस्ता खेलाडी जर्मनी टिममा छन्। मिडफिल्डमा टोनी क्रुस र एल्के गुन्डागोनको साथ रहनेछ।

लियोन गोर्टेज्काले फ्रान्सविरुद्धको खेल गुमाउने छन्। उनले खुट्टाको चोट बोकेका छन्। इल्के गुण्डोगान र टोनी क्रुसले जर्मनीको मिडफिल्ड सम्हाल्ने छन्।

लोले यस युरो कपपछि जर्मनीको टिम छाड्दैछन्। त्यसैले छाड्नुअघि उनी सुखद् रुपमा अन्त्य गर्न चाहन्छन्। 

पछिल्लोपल्ट उनको नेतृत्वमा जर्मनीको प्रदर्शन उत्साहजनक हुन सकेको छैन। उनकै प्रशिक्षणमा सन् २०१४ मा ब्राजिललाई ७–१ को नमिठो हार चखाएको जर्मनीले यसैवर्ष स्पेनसँग ६–० को हार चाखेकाे थियाे। लोउ जर्मनीका लागि आफ्नो अन्तिम प्रतियोगितालाई सुखद अन्त्य गर्न चहान्छ। तर, जर्मनीले समूह चरणमा फ्रान्ससँगै पोर्चुगल र हंगेरीको चुनौती पन्छाउनुपर्ने हुन्छ।

'आज महत्वपूर्ण हुनेछ । शीर्ष टिमविरुद्ध टिमले कस्तो प्रदर्शन देखाउने छ त्यो हेर्नेछौं,' फ्रान्ससँगको खेल अघि लोलेले भने।

उनले फ्रान्सविरुद्ध खेल्दा आत्मविश्वासी भएर खेल्ने बताए। 'फ्रान्स विश्व फुटबलको सबैभन्दा सन्तुलित टिम हो । उसले कसरी फुटबल खेल्छ भनेर अनुमान गर्न सक्छौं, तर कहिलेकाहीं यो कसैको क्षमताभन्दा बाहिरको हुन्छ । अहिले हाम्रो टिमको माहोला राम्रो छ। आत्मविश्वासी भएर खेल्नेछौं,' उनले भने।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित)
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्