• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युराेकप: साविक विजेता पाेर्चुगल हंगेरीविरुद्ध खेल्दै, रोनाल्डो चौथो कीर्तिमान नजिक

64x64
नेपाल लाइभ मंगलबार, असार १, २०७८  १६:०५
1140x725

काठमाडौं– युरोकपमा आज (मंगलबार) ग्रुप अफ डेथ मानिएको समूह  ‘एफ’ अन्तर्गत दुई खेल हुँदैछन्।  

पहिलो खेल हंगेरी र पोर्चुगलबीच हुनेछ। खेल नेपाली समयानुसार राति ९:४५ बजेबाट बुढापेस्टस्थित पुस्कास एरेनामा राति शुरु हुनेछ। यस्तै, विश्वकप विजेता फ्रान्स र जर्मनीबीचको खेल म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ। फ्रान्स र जर्मनीबीचको खेल नेपाली समयानुसार राति १२:४५ बजेबाट शुरु हुनेछ।

घरेलु मैदानमा हुने खेलमा हंगेरी पोर्चुगललाई स्तब्ध पार्ने लक्ष्यमा मैदान उत्रनेछ। पहिलोपटक युरोकप आयोजना गरिरहेको हंगेरीका लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलविरुद्धको खेल सजिलो भने हुनेछैन।

यद्यपि, हंगेरी गत सेप्टेम्बरमा रसियासँग ३–२ ले पराजित भएयता ११ खेलमा अपराजित छ। जसमा ७ जीत र ४ बराबरीको नजिता छ। 

हंगेरीका प्रशिक्षक मार्के रोसीले पोर्चुगलविरुद्ध खेल्दा संयमित र सक्दो मिहेनत गरेर खेल्ने बताएका छन्। मुख्य प्रतियोगितामा दुई टिमबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१६ को भेटमा दुई टोलीले ३–३ गोलको बराबरी खेलेका थिए।

त्यस अगाडि यसअघि सन् १९६६ को विश्वकपको समूह चरणमा भेट हुँदा पोर्चुगल विजयी भएको थियो। पोर्चुगल अहिलेसम्म हंगेरीसँग पराजित भएको छैन। १३ खेलमध्ये पोर्चुगल ९ खेलमा विजयी हुँदा ४ खेल बराबरीमा सकिएको छ।

'हामीलाई थाहा छ हाम्रोविरुद्ध को छ। तर, हामी जितका लागि खेल्छाैं। पोर्चुगलविरुद्ध खेल्दा खेल्दा संयमित र सक्दो मिहेनत गरेर खेल्छाैं,' खेल अघि हंगेरीका प्रशिक्षक राेसीले भने।

यता, हंगेरीलाई घरेलु दर्शककाे पनि साथ रहनेछ।  यसपटक युरोकपका ११ आयोजक राष्ट्रमध्ये हंगेरी मात्र शतप्रतिशत दर्शकलाई अनुमति दिने एक्लो राष्ट्र हो। घरेलु मैदानमा हंगेरीले यसकाे फाइदा लिनेछ।

Ncell 2
Ncell 2

एडाम सज्लाई, नेमान्जा निकोलिक, इन्ड्री बोट्का, विल्ली अर्वन, एटिल्ला सेज्लाई र गोलरक्षक पिटर गुलाक्सीको साथ रहेको छ।

यता, पोर्चुगल डिफेन्डिङ च्याम्पियनको हैसियतमा मैदान उत्रदा हंगेरीलाई हराउँदै अघिल्लो चरणको यात्रालाई सहज बनाउने योजनामा हुनेछ। दुई बलिया प्रतिद्वन्द्वी फ्रान्स र पोर्चुगलविरुद्ध भिड्नुअघि हंगेरीविरुद्ध निश्चित जीत निकाल्न दबाब हुनेछ।

सन् २०१६ मा फ्रान्सलाई उसैको मैदानमा हराउँदै पहिलो पटक युरोकप जितेको पोर्चुगलकाे कप्तानी  क्रिस्टियानो रोनाल्डो गर्दैछन्। रोनाल्डो ३६ वर्ष भइसकेका छन् यस्तै ३८ वर्षीय पेपे पनि टिममा छन्।

तर, यसबाहेक टिममा क्षमतावान् युवा खेलाडीहरु पनि थपिएका छन्। हंगरीविरुद्ध रोनाल्डो मुख्य केन्द्रमा रहेपनि सबैको नजर जोटामाथि रहने छ। २४ वर्षीय जोटालाई पोर्चुगलका 'भविष्य'को रुपमा हेरिएको छ।

जोटा व्यवसायिक फुटबल इंग्लिस क्लब लिभरपुरबाट खेल्ने गर्छन्। उनीसँग एट्लेटिको मड्रिड, पोर्टो लगायतका क्लबबाट खेलेको अनुभव छ। जोटाले पोर्चुगलको उमेर समूह अन्तर्गत यू–१९, २१ र २३ बाट खेलेका छन्। सिनियर टोलीबाट जोटाले १४ खेल खेल्दा ६ गोल गरिसकेका छन्।

यस्तै, जर्मनीमा जन्मिएका २८ वर्षीय विलि ओर्बान अर्का सम्भावना बाेकेका खेलाडी हुन्। उनले उमेर समूहको अन्तर्राष्ट्रिय फुटबल जर्मनीबाट खेलेका थिए। उनले जर्मनीको यू-२१ टिमबाट खेलेका थिए। तर, सिनियर टिमबाट भने उनले हंगेरीबाट खेलिरहेका छन्।

जर्मन क्लब आरबी लाईपजिगबाट व्यवसायिक फुटबल खेल्दै आएका उनले हंगेरीबाट २१ खेल खेल्दा ५ गोल गरिसकेका छन्।

यता, म्यानचेस्टर सिटीबाट खेल्दै आएका युवा डिफेन्डर जोआ कान्सेलो कोरोना संक्रमणको कारण टिम बाहिर रहने छन्। उनको स्थानमा डिएगो डालोट टोलीमा जोडिएका छन्।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले टोली समूह चरणबाट अघि बढ्न नसके त्यो असफलता हुने बताएका छन्। 

'हामीलाई थाहा छ हाम्राे प्रतिस्पर्धी काेकाे छन्। हामीले लक्ष्य भेटाउन उनीहरुलाई पराजित गर्नुपर्छ। टोली समूह चरणबाट अघि बढ्न नसके हामी यसलाई असफलताकाे रुपमा लिनेछाैं। त्यसैले जित निकाल्न सबै शक्ति खर्चिन्छाैं,' उनले भने।

पोर्चुगल गत नोभेम्बरमा नेसन्स लिगमा फ्रान्ससँग १–० ले पराजित भएयता ६ खेलमा अपराजित छ। जसमा चार जित र दुई बराबरीको नतिजा छ। हंगेरीविरुद्ध रोनाल्डोको इतिहास राम्रो रहेको छ। उनले हंगेरीविरुद्धको तीन खेलमा चार गोल गरेका छन्।

रोनाल्डो कीर्तिमान नजिक
रोनाल्डो लगातार ५ युरोकप खेल्ने पहिलो खेलाडी समेत बन्दैछन्। यसअघि उनले २००४, २००८, २०१२ र २०१६ मा युरो कप खेलिसकेका छन्।

उनले युरोकपमा सर्वाधिक २१ खेल समेत गरेका छन्। उनले छनोटसहित गरेर सर्वाधिक ४० गोल गरेका छन्। चार संस्करणको युरोकप खेल्ने रेकर्ड भने रोनाल्डोसँगै १७ खेलाडीको नाममा छ।

यस्तै, पाँचौ पटक युरोकप खेल्न लागिरहेका रोनाल्डो युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान नजिक छन्। उनले हंगेरीविरुद्ध एक गोल गरेमात्रै पनि युरोकपमा १० गोल पुग्नेछ। अहिले फ्रेन्च मिचेल प्लाटिनी र रोनाल्डोको समान ९ गोल छ।

रोनाल्डोले सन् २००४ मा २ गोल, २००८ मा १ गोल, २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए। आजकाे एक खेलमा गाेल गरे प्लाटिनीलाई उनले उछिन्ने छन्।

यस्तै, रोनाल्डोले हंगेरीविरुद्ध गोल गर्दा पाँच संस्करणको युरोकपमा गोल गर्ने पहिलो खेलाडी बन्नेछन्। अघिल्लो संस्करणमा गोल गरेसँगै रोनाल्डो चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए। 

यस्तै, अन्तर्राष्ट्रिय फुटबलमा पनि सर्वाधिक गोल गर्नेमा रोनाल्डो अहिले १०४ गोलसहित दोस्रो स्थानमा छन्। इरानका अली दाईको कीर्तिमानभन्दा उनी ५ गोलले मात्र पछि छन्।

रोनाल्डोले युरोकप शुरु हुनुअघि नै लगातार दुई युरोकप जित्नु महत्वपूर्ण भएको बताएका छन्।  रोनाल्डोले टिमले राम्रो तयारी गरेको बताए। ५ वर्षपछि धेरै सम्भावना भएको युवा टिम रहेको र प्रतियोगिता अघि बढ्दै जाँदा राम्रो वा नराम्रो हुने थाहा हुने उनकाे भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित)
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्