काठमाडौँ- बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति भएको भीषण आगलागीमा ४० घर नष्ट भएका छन्।
राति ११ बजेतिर मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए।
डेरामा बस्ने तीन जना लगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताए। आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन्।
नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए। आगलागीको विस्तृत विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।