काठमाडाैं- चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सेकले युरोकपको इतिहासमा कीर्तिमान बनाएका छन्।
स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा साेमबार भएकाे समूह ‘डी’ काे खेलमा प्याट्रिकले सर्वाधिक लामो दूरीबाट गोल गर्दै कीर्तिमान बनाएका हुन्।
खेलकाे ४२औं मिनेटमा हेडरमार्फत् गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका प्याट्रिकले ५२औं प्याट्रिकले अग्रता कीर्तिमान बनाएका थिए।
थोमस सौउसेकले काउन्टर अट्याकमा फालेको पासमा ज्याक हेन्ड्रीले गल्ती गरेपछि स्कटल्याण्डका गोलकिपर डेभिड मार्सल अघि बढेको स्थितिमा प्याट्रिकले गाेल गरेका थिए।
करिब ४९.७ यार्ड गरेकाे प्रहारले घुमाउरो बाटो तय गर्दै सुन्दर गोलमा परिणत भएको थियो।
यस अगाडि याे रेकर्ड जर्मनीका मिडफिल्डर टोर्स्टन फ्रिग्सकाे नाममा थियाे। उनले सन् २००४ काे युराेकपमा ३८.६ यार्डबाट गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।