काठमाडौं- छोराको हत्यारालाई कारबाहीको माग गर्दै १४ वर्षयता सत्याग्रहमा रहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आजदेखि आमरण अनसन सुरु गरेकी छन्।
लामो समयदेखि सरकारको निगरानीमा वीर अस्पतालमा राखिएकी ६२ वर्षीय गंगामायाले अस्पतालकै बेडबाट सञ्चारकर्मी र मानव अधिकारकर्मीमाझ आजदेखि पुन: आमरण अनसन घोषणा गरेकी हुन्। त्यसक्रममा उनले छोराको हत्यारालाई अझै कारबाही नगरेकोमा सरकार र आफूमाथि न्याय नगरेको भन्दै अदालतप्रति आक्रोश पनि व्यक्त गरिन्।
आमरण अनसन बसिरहेकै बेला पति नन्दप्रसादको ज्यान गएकोमा भावविह्वल हुँदै उनले अब पनि न्याय नपाए आत्मदाह गर्ने चेतावनी दिइन्।
तत्कालीन विद्रोही माओवादीको अपहरणमा परी २०६१ जेठ २४ गते हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसन बसेका बेला उनका श्रीमान् नन्दप्रसादको वीर अस्पतालमै निधन भएको थियो। उनको शव अझै पनि शिक्षण अस्पतालमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।