काठमाडौं– कोपा अमेरिकामा कोलम्बियाले विजयी सुरुवात गरेको छ। सोमबार बिहान सम्पन्न खेलमा उसले इक्वेडरमाथि १–० को जित हात पारेको हो।
खेलको ४१ औँ मिनेटमा कोलम्बियाका लागि एड्विन कारडोनाले गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै कोलम्बिया समूह ‘बी’ को दोस्रो स्थानमा छ। ब्राजिलसँग समान अंक भए पनि गोल अन्तरका आधारमा कोलम्बिया पछि परेको हो।
ब्राजिलले प्रतियोगिताको उद्घाटन खेलमा भेनेजुएलामाथि ३–० को जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।