काठमाडौं– महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी नायब निरीक्षक(सइ)घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सइ वीरेन्द्र बहादुर ऐडीलाई मंगलबार २४ हजार घुससहित पक्राउ गरेको हो।
दरबारमार्गको एक रेस्टुरेन्ट व्यवसायीसँग उनले पैसा लिएका हुन्। ६ महिनादेखि आफुलाई पैसा नदिएको भन्दै ती व्यवसायीलाई फोन गरेर हैरान बनाउँदै आएका थिए। ६ महिनाको ४ हजारको दरले पैसा लिएलगत्तै आयोगले उनलाई पक्राउ गरेको हो।
पैसा लिन उनी महाराजगञ्जको रिचमण्ड रेष्टुरेन्ट पुगेका थिए। त्यहीबाट पक्राउ परेका हुन्।
विगतमा उनले सो रेस्टुरेन्टबाट पैसा लिदै आएको तर पछि दिन थालेपछि उनले एकैपटक पैसा दिन भन्दै धम्काएका थिए। पैसा नदिएपछि प्रहरी भ्यान रेस्टुरेन्ट अगाडि लगेर दुःख दिने गरेका थिए।
घुस लिने क्रममा उनले वृत्तका अन्य प्रहरीलाई पोलेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।