• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संघीयता कार्यान्वयनमा सक्रिय मुख्यमन्त्रीकै भयो पहिलो बहिर्गमन

64x64
डिबी खड्का आइतबार, जेठ ३०, २०७८  २२:३३
1140x725

काठमाडौं- संघीयता कार्यान्वयनपछि बनेका प्रदेश सरकार ढल्नेमा पहिलो प्रदेश गण्डकी बनेको छ। मुख्यमन्त्रीका रुपमा पूर्व हुने पृथ्वीसुब्बा गुरुङ पहिलो हुन्। सातै प्रदेशका मुख्यमन्त्रीमध्ये तुलनात्मक रुपमा संघीयता कार्यान्वयनमा बढी सक्रिय मुख्यमन्त्री गुरुङ नै थिए। संयोगले सबभन्दा छोटो कार्यकाल उनकै हुन पुग्यो।

आफ्नै पार्टीको  संघीय सरकारको शैलीविरुद्ध बागी बनिरहेका उनले संघमै भइरहेका गतिविधीका कारण सत्ताविमुख हुनुपर्‍यो। उनले विश्वासको मत लिँदै गर्दा उल्लेख गरेका थिए, 'मेरा विरुद्ध तपाईंहरुको ठोस, तार्किक या विनयी कुनै आलोचना छैन। केन्द्रकै बाछिटाले यहाँ काम गरिरहेको छ। हामी त्यसरी प्रस्तुत भइरहेका छौं। मानौं, अहिले प्रधानमन्त्रीको विश्वासको मत लिइरहेका छौं।'

नेकपा एमालेमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्रमध्ये पर्ने गुरुङले संघीयता कार्यान्वयनका विषयमा चुनौती दिइरहे। त्यसले मुख्यमन्त्रीहरुमा गुरुङको संघीयताप्रति बढी लगाव रहेको दर्शाइरहेको थियो।  

त्यसैले मुख्यमन्त्री पद गुमाउँदै गर्दा पनि उनले चुनौती दिए, 'संघीय सरकार केन्द्रीकृत ढंगले चलेको बारेमा मैले आलोचना गरेको छु। राजनीतिक पार्टीले संघीयता कार्यान्वयनका विषयमा कुरा नउठाएका बारेमा आलोचना गरेको छु। संघीयताका विषयमा कुन पार्टीमा छलफल भएको छ ? कोही संघीयताका बारेमा बोलेको छ?'

गएका तीन वर्षमा संघीयता कार्यान्वयनका विषयमा गुरुङले मुख्यमन्त्रीहरुमध्ये नै नेतृत्वदायी भूमिका निर्वाह गरेका हुन्। अहिले प्रदेशमा अस्थिरता सिर्जना हुनुमा संघीयता कार्यान्वयन नहुनुकै दोष देख्छन् गुरुङ। शनिबार गण्डकी प्रदेश सभा बैठकमा बोल्दै उनले भने, 'अस्थिरता पनि केन्द्रबाटै आयो।'

राजनीतिक उतारचढावमा गुरुङ एउटा किनारमा पुगेका छन्। तर,  गएको तीन वर्षमा संघीयता कार्यान्वयनका लागि उनले खेलेको भूमिकाको नजरअन्दाज गर्न मिल्दैन।  २०७५ भदौ २१ र २२ मा पोखरामा आफ्नै अध्यक्षतामा उनले मुख्यमन्त्रीको भेला आयोजना गरे। त्यहाँ उनले संघीयता कार्यान्वयनमा केन्द्र (‌ओली) सरकारले अपेक्षित गतिमा काम नगरेको हाकाहाकी बोले। उनको भनाइ थियो, 'संघीयता कार्यान्वयनमा जुन ढिलासुस्ती भइरहेको छ, जसलाई अधिकार छ उसले नगरेपछि प्रश्न उठ्नु स्वाभाविक हो।’

जबसम्म कर्मचारी प्रदेश मातहतमा आएर नीति तथा कार्यक्रम कार्यान्वयन गर्न परिचालन गर्न सकिँदैन, शान्ति सुरक्षाका लागि प्रहरी खटाउन सकिँदैन, तबसम्म त्यसलाई  सरकार नै मान्न नसकिने उनको भनाइ थियो।

केन्द्र सरकारले नरुचाएको त्यो भेलामा ८ बुँदे घोषणा-पत्र जारी गरिएको थियो। जुन केन्द्र सरकारको अधिकार प्रदेशमा पुर्‍याउने योजना मुताबिक थिए। त्यो भेलामा सीडीओको अधिकार कटौती गरेर अधिकार प्रदेशमा दिनुपर्ने माग गरिएको थियो। नागरिकता, राहदानी, सिफारिस र सीमा सुरक्षाबाहेक सबै अधिकार प्रदेशमा रहने व्यवस्था गर्न माग गरिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

साविकका जिल्लाका केही कार्यालयबाहेक सबै कार्यालय प्रदेशलाई हस्तान्तरण गर्नुका साथै प्रदेशमा आउने सचिव, सहसचिवलगायतका कर्मचारीको आन्तरिक बढुवा हुँदा प्रदेशको कामलाई मुख्य मापदण्ड बनाउने र प्रदेशमा आउने कर्मचारीका सरुवा बढुवाको अधिकार प्रदेशमा दिनुपर्ने माग गरियो।  प्रदेशका प्रमुख सचिव चाहिँ प्रदेशको समन्वयमा केन्द्रले सरुवा गर्नुपर्ने साझा धारणा तय गरिएको थियो।

प्रदेश लोकसेवा आयोगको स्थापनार्थ संघीय कानुनबाट मापदण्ड निर्धारण गर्नुपर्ने र सबै कर्मचारीको व्यवस्थापन नभएसम्म रिक्त पदमा करारमा कर्मचारी राख्न सहमति दिनुपर्ने माग गरियो। संविधानको धारा २६८ बमोजिम प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन रहने व्यवस्थालाई कार्यान्वयन गर्न संघीय कानुन बनाई प्रदेश प्रहरीको व्यवस्थापन, सुपरीवेक्षण, निरीक्षण र परिचालन गर्ने जिम्मा प्रदेश सरकारलाई हुने व्यवस्था तत्काल गर्न माग गरियो। 

प्राकृतिक तथा वित्तीय स्रोतहरुको बाँडफाँट र आयोजनाको वर्गीकरण न्यायोचित हुनुपर्ने भन्दै समग्र राष्ट्रिय स्रोतको ४० प्रतिशत संघ र ६० प्रतिशत प्रदेश र स्थानीय तहलाई वितरण गर्नुपर्ने मुख्यमन्त्रीहरुले आवाज उठाएका थिए। मुख्य न्यायाधिवक्ताको कार्यालयलाई फौजदारी मुद्दाको अभियोजनको अधिकार हुनुपर्ने  घोषणापत्रमा उल्लेख थियो।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यस्ता भेलाहरु अब क्रमशः हरेक प्रदेशले आयोजना गर्ने बताएका थिए। संघीयता कार्यन्वयनका समस्या समाधान र संघीय तथा प्रदेश सरकारबीच अधिकार बाँडफाँडका विषयमा छलफल गर्दै अघि बढ्न यस्ता भेला आवश्यक भएको उनको भनाइ थियो। तर, त्यसपछि कुनै पनि भेला हुन सकेनन्।

नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा बोल्दै गुरुङले मुख्यमन्त्रीहरुले भेला गर्दा सिंहदरबारमा १० म्याग्निच्युडको भूकम्प गएको दाबी गरेका थिए। उनको भनाइ थियो, ‘तपाईंहरूको त गाउँपालिका संघ छ, नगरपालिका संघ छ। मुख्यमन्त्री संघ पनि हुन सक्छ नि। मुख्यमन्त्रीको भेला गर्‍यो भने त सिंहदरबारमा १० रेक्टर-स्केलको भुइँचालो गइहाल्छ।’

संघीयता गुरुङको विशेष रुचि थियो। त्यो रुचि उनलाई  'पहिचान'को लडाइँले जगाइदिएको हो। पहिचानसहितको संघीयताका विषयमा गुरुङ २०६९ सालमा तत्‍कालीन एमालेमा फरक मत राख्ने नेता थिए।  त्यहीबेलादेखि नै संघीयताप्रति बढी चाख भएका उनी संघीयताका प्रखर पक्षधर बने। यसक्रममा नेतृत्वसँग उनका केही असहमतिसमेत रहे।

मुख्यमन्त्रीकै भेलामा उनले प्रदेश सरकार पहिलो पटक गठन भएकाले असफल भएमा नेपालको संघीयता नै असफल हुने  बताएका थिए। त्यसैले संघीयताको  आफूहरुको लडाइँ 'जीवनमरणको'  हुन सक्ने उनको भनाइ थियो।

जाँदाजाँदै दिएको राजीनामा वक्तव्यमा उनले तीन वर्षमै प्रदेशका नागरिकले अनुभूति गर्नेगरी समृद्ध प्रदेश निर्माणको बलियो आधारशीला निर्माण गरेको पनि दाबी गरेका छन्।

पछिल्ला एक दुई महिनायता गण्डकी प्रदेशमा भएको सत्ताको फोहोरी खेलले उनलाई नराम्ररी प्रभावित तुल्यायो। काठमाडौंमा प्रधानमन्त्री ओलीले सत्तामा टिकिराख्न अपनाएका हत्कण्डाकै सिको त्यहाँ उनले पनि गरे। अन्तिम घडीमा चाहिँ आफ्नो विगत र स्वभावलाई न्याय गरेर पनि हुनसक्छ, उनी सहज बहिर्गमन रोज्न तयार भए जुन परिस्थिति र प्रदेश सभाको गणितले पनि उनलाई देखाइसकेको बाटो थियो।

मुख्यमन्त्री गुरुङले आफ्नो कार्यकालमा प्रदेशको नामाकरण र राजधानी निर्धारण सहमतिमै गरी उदाहरणीय राजनीतिक सन्देश दिइएको बताएका छन्। संघीयता लागु गर्न ४६ वटा ऐन र १० नियमावली तर्जुमा गरी कार्यान्वयन गरिएको पनि उनले उल्लेख गरेका छन्। 

संघीय संरचनामा पनि केन्द्रकै छायाँ पर्दा सुब्बाको बहिर्गमन भएको हो। अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पनि उनले यसको एउटा कारक त ठान्छन् तर सवै दोष दिन चाहदैनन्। 'प्रधानमन्त्री ओलीका कारण तपाईंको पद गएको मान्नुहुन्छ?' भन्दै 

आइतबार पत्रकार सम्मेलनमा सञ्चारकर्मीले प्रश्न गरेका थिए। उनको उत्तर थियो, 'एउटा पात्र त उहाँ पनि हुनुहोला। देशको प्रधानमन्त्री हुनुहुन्छ। ठूलो दलको अध्यक्ष हुनुहुन्छ।' आफू अध्यक्ष ओलीले भन्‍दैमा निष्ठा त्यागेर हिँड्ने मान्छे नभएको पनि उनले बताएका छन्। त्यसको जनपरीक्षण त भएकै छ, भइरहने नै छ। 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  २२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्