काठमाडाैं- पोर्चुगलका डिफेन्डर जोआओ क्यान्सेलोलाई कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार हंगेरीविरुद्ध खेल्नुअघि गरिएको गरिएको परीक्षणमा क्यान्सेलोको नतिजा पोजेटिभ आएको हो। योसँगै उनले जारी युरोकप गुमाउने पक्का भएका छ।
प्रशिक्षक फर्नान्डो सान्तोसले उनको स्थानमा गत सिजन एसी मिलानबाट खेलेका डिफेन्डर डिओगो डालोटलाई टोलीमा बोलाएका छन्। यु-२१ टोलीका डालोटले युरोकप २०२० मार्फत् पोर्चुगलको सिनियर टिममा डेब्यू गर्न लागेका हुन्।
डालोटले हालैमात्र यु-२१ युरोकपको फाइनल खेल खेलेका थिए। जसमा पोर्चुगल जर्मनीसँग पराजित हुँदै उपाधि जित्नबाट बञ्चित भएको थियो।
टोलीका अन्य खेलाडीमा भने कोरोना संक्रमण देखिएको छैन।
नतिजा पोजेटिभ आउने बितिकै क्यान्सेलोलाई आइसोलेसनमा राखिएको छ। यस सिजन म्यानचेस्टर सिटीबाट प्रिमियर लिग उपाधि जितेका उनी टोलीको पहिलो रोजाइ थियो। अब उनी दश दिन आइसोलेसन बस्नेछन्।
समूह ‘एफ’मा रहेको पोर्चुगलले प्रतियोगिताको पहिलो खेलमा मंगलबार हंगेरीको सामना गर्दैछ। बुडापेस्टमा हुने खेल नेपाली समयअनुसार राति ९स्४५ बजेबाट शुरु हुनेछ।
फर्नान्डो सान्टोस नेतृत्वको पोर्चुगलसँगै यो समूहमा जर्मनी र फ्रान्स रहेका छन्। यस समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ। साविकको विजेतासमेत रहेको पोर्चुगललाई यस पटक पनि उपाधि दाबेदारका रूपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।