काठमाडौं- युरोकप २०२० अन्तर्गत आज (आइतबार) तीन खेल हुँदैछन्। आज समूह ‘सी’ अन्तर्गत दुई र समूह ‘डी’ को एक खेल हुनेछ।
पहिलो खेल समूह ‘डी’ मा रहेका दाबेदार इंग्ल्याण्ड र क्रोएसियाबीच हुनेछ। यो खेल ण्डनस्थित वेम्वली मैदानमा नेपाली सयम अनुसार साँझ ६:४५ बजे शुरु हुनेछ।
इंग्ल्याण्ड घरेलु मैदानमा जितसहित युरो शुरु गर्ने लक्ष्यमा छ। इंग्ल्याण्ड सन् १९६६ पछि प्रमुख प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन। १९६६ मा इंग्ल्याण्डले फिफा विश्वकपको उपाधि जितेको थियो।
फरवार्ड ह्यारी केनको कप्तानीमा रहेको इंग्लिस टिममा युवा खेलाडी फिल फोडेन, मासोन माउन्ट र जाडोन सान्च जस्ता युवा प्रतिभाशाली खेलाडी छन्।
यता, क्रोएसिया भने सन् २०१८ को विश्वकपमा फाइनल पुगेको थियो। लुका मोडिरिकको कप्तानीमा रहेको क्रोएसिया यस युरोमा विश्वकपको प्रदर्शन कायमलाई राख्न चाहन्छ।
विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डले क्रोएसियासँग खेलेको थियाे। जुन खेल क्रोएसियाले २-१ ले जितेको थियो। घरेलु मैदानमा इंग्ल्याण्ड त्यो हारको बदला लिन चाहन्छ।
इंग्ल्याण्ड र क्रोएसियाबीच १० पटक भेट भएको छ। जसमा इंग्ल्याण्ड ५ खेलमा विजयी भएको छ। तीन खेल क्रोएसियाले जित्दा दुई खेल बराबरीमा सकिएको छ।
रुस विश्वकपपछि दुई टोलीले नेसन्स लिगमा दुई खेल खेलेका थिए। पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो। तर, वेम्बलीमै भएको दोस्रो भेटमा इंग्ल्याण्ड २-१ ले विजयी भएको थियो।
इंग्ल्याण्डका डिफेन्डर ह्यारी मग्वाएर र मिडफिल्ड र जोर्डन हेण्डरसनले खेल्ने सम्भावना कम रहेको छ। यता, क्रोएसियाको टिम पूर्ण रुपमा फिट रहेको छ।
यस्तै, समूह ‘सी’ अन्तर्गत अष्ट्रिया र नर्थ मेसेडोनियाबीचको खेल नेपाली समयअनुसार राति ९:४५ बजे शुरु हुनेछ।
खेल रोमानियाको बुखारेस्टस्थित नेसनल स्टेडियममा हुनेछ। नर्थ मेसेडोनिया पहिलो पटक युरोकपमा डेब्यू गर्दैछ। यिो यात्रा सुखद् बनाउन चाहन्छ नर्थ मेसेडोनिया।
यस्तै, समूह ‘डी’ अन्तर्गत नै नेदरल्याण्ड र युक्रेनबीचको खेल राति १२:४५ बजे शुरु हुनेछ। खेल नेदरल्याण्ड्सको घरेलु मैदान योहान क्रफ एरेनामा हुनेछ।
बलियो टिम नेदरल्यानण्ड्स घरेलु मैदानमा युक्रेनलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ। यी टालीको हालसम्म दुई पटक भेट भएको छ। जसमा नेदरल्यानण्ड्सले एक खेल जितेको छ। एक खेल १-१ गोलको बराबरीमा सकिएको छ।
२०१६ मा फ्रान्समा भएको युरोकपमा छनोट हुन नसकेको नेदरल्याण्ड्स उपाधि दाबेदारसम्म हो। पछिल्लो सात वर्षमा पहिलो पटक ठुला प्रतियोगिता खेलिरहेको नेदरल्यानण्ड्स आफ्नो पुरानो शाख जोगाउन समेत चाहन्छ।
युक्रेनविरुद्ध डिफेन्डर म्याथिस डी लिग्ट उपलब्ध हुनेछैनन्। युक्रेनविरुद्ध नेदरल्यानण्ड्सको मुख्य हतियार मेम्पिस डिपे हुन। उनले टिमको अग्रपंति सम्हाल्ने छन्।
यता, युक्रेनी टिम समूह चरण पार गर्ने लक्ष्यमा रहेको छ। त्यसैले युक्रेन पहिलो खेल जित्ने योजनामा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।